नगरिककलाइ सेवा दिनका लागी चौतारा सॉंगाचोकगढी नगरपालिका वडा नं. १० को वडा कार्यलयले घरघरमा गएरसामाजिक सुरक्षा भत्ता बितरणका साथै परिचय पत्र नबीकरण गर्दे आइरहेकोमा अहीले वडा कार्यलयबाट हुने सबै काम टोलटोलमा गएर गरिदिन थालेको छ । १०÷२०,रुपैया बुझाउँन पनी २÷३शय खर्च गरेर दिनभरीको काम माँया मारेर वडा कार्यलयमा आइरहन पर्ने समस्याबाट मुक्त दिनका लागी यो अभियान चालेको वडा अध्यक्ष निल बहादुर तामाङ (सुमन)ले बताउँनुभयो ।
उँहाका अनुसार स्यान्डी बिज रिसोर्ट सुकुटेमा भएको वडा शिविर कार्यक्रममा सम्पन्न भइ सकेको छ । उक्त कार्यक्रममा स्थानीयहरुको सेवाको निमित्त स्यान्डी बिज रिसोर्ट सुकुटेमा व्यवसाय नवीकरण जग्गाको तिरो वडाबाट हुने सबै पञ्जीकरणको कामहरु पनि भएको थियो । उक्त दिन मात्र ४९ हजार ६ सय १२ रुपैया राजस्व सङ्कलन भएको थियो । र्भिारि कार्यक्रम अनुसार १३गते साठीमुरे १७गते कार्कीटार पिपलबोट,१९गते खत्रीथोक स्वास्थ्य चौकी २० गते सिमलको बोट, र २१ ग्ते जल्केनी स्वास्थय चौकीमा वडाकार्यलयबाट दिने सबै खालको सुबिध दिने गरी घुम्ती कार्यक्रम हुने भएको छ । यसै गरी वडा कार्यलयले चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर १० को गाउँमा टोली आउँदा बनाइएको राष्ट्रिय परिचयपत्र पनी टोलटोलमा नै लगेर बितरण गर्ने भएको छ । यसका लागी २०८२÷०५÷१२ गते जल्केनी वडा कार्यलयमा बिहान ६ देखि १० बिहान र भदौ १३गते बिहान ६ बजेदेखि १० बजेसम्म सुकुटे बजारमा, बिहान ११ बजेदेखि साठिमुरेमा ,१४गते बिहान १० बजेदेखि सिमल बोटमा,१७ गते बिहान ६ बजेदेखि १० बजेसम्म कार्कीटारमा,र २१ गते बिहान १० बजेदेखि खत्रीथोकमा बितरण गरिने ब्यवस्था मिलाइएको छ ।
वडा अध्यक्ष निल बहादुर तामाङले टोली आउँदा बनाइएको राष्ट्रिय परिचयपत्र मात्र आएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको हुँदा आफ्नो परिचयपत्र लिनको लागि सक्कल नागरिकता अथवा परिचयपत्र फारम सहित स्वयम व्यक्तिहरु आफुलाइ पाइक पर्ने स्थानमा उपस्थित हुनका लागी अनुरोध गर्नु भएको छ । वडा कार्यलयले काठमाण्डौको बिभिन्न स्थानबाट पनी वडा कार्यलयबाट उपलब्ध हुने सेवा दिइरहेको छ ।
