सम्पर्क

इम्बोस्ड नम्बर प्लेट को जताततै बिरोध

रोमन लिपीको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न जाग नेपाली अभियान सँगै पुर्ब सुरक्षाकर्मी परिषद ,नेपाल यातायातब्यवसायी राष्ट्र्यि महासंघ,सार्वजिनिक यातायात ब्यवसायी महासघं,प्रेटोलियम पदार्थ ढुवानी व्यवसायीहरु लगाएतका यातायात सँग सम्बन्धीत सस्थाहरुले सबै सँग अनुरोध गरेको छ ।देवनागरी लिपीको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडानको लागि उर्दी जारी गरेको भन्दै जाग नेपाली अभियानले आपत्ति जनाएको छ । काठकमाण्डौमा पत्रकार सम्मेलन गर्दै जाग नेपालीका संयोजक डा.दिपेश केसीले देवनागरी लिपीलाई मेटाएर जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पार्ने र एकआपसमा लडाएर देशलाई रगतको आहालमा परिणत गर्ने खेल भइरहेको बताउँनु भयो । पत्रकार सम्मेलनमा केसीले ‘देवनागरी लिपी यो देशको एकताको प्रतीक हो । तराईको एउटा मधेशीले पनि यो लिपी बुझ्छ, पहाडको पहाडीले पनि यो लिपी बुझ्छ र हिमालको एउटा हिमालीले पनि यो लिपी बुझ्छ, चिन्छ । यो लिपीलाई मेटाएर यो देशको जात, जाति, भाषा भाषी समुदायलाई छिन्नभिन्न पारेर, लडाएर यो देशलाई रगतको आहालमा डुबाउन खोजिएको छ । यो देशमा हामी हामीलाई लडाउने खेल भइरहेको छ,’भन्नु भयो । उहाँले रोमन लिपिको इम्बोस्ड नम्बर प्लेट बहिष्कार गरी जडान अवज्ञा गर्नसमेत अपिल गर्नु भएको छ । त्यसैगरी पत्रकार सम्मेलनमा अधिवक्ता रामेश्वर राउतले जनतालाई संविधानले दिएको भाषा, साहित्य र संस्कृतिको अधिकार सरकारले हडप्न खोजेको आरोप लगाउँनु भयो । इम्बोस्ड नम्बर लागू गराउने क्रममा ५ खर्ब, ४५ अर्ब ५५ करोड रुपियाँ राज्यकोष हिनामिना भएको उहाँको दाबी रहेकोछ । २ सयमा बन्ने मोटरसाइकलको नम्बर प्लेटलाई ३ हजार ५ सय र २५० मा बन्नेलाई ६ हजार ५ सय निर्णारण गरिएको हुँदा यसमा पुरै भ्रष्टचार भएको बताउँनु भयो । नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले इम्बोस्ड नम्बर जडानको नाममा देवनागरी लिपीलाई समाप्त पार्न खोजिएको बताउँनु हुँदै राष्ट्रको आत्मा भाषासमाप्त गर्ने खेलअन्तर्गतको श्रृङ्खला भइरहेको बताउँनु भयो । यसै गरी देशभरी सार्वजनिक यातायात, मालबाहक, पर्यटन यातायात संचालन गर्ने छाता संस्था दुई महासंघ, नेपाल यातायात ब्यवसायी राष्टिय महासघं र सार्बजनीक यातायात महासघंद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सबै सवारीसाधन प्रयोगकर्ता÷सन्चालनकर्ता लाई आव्हान गरेको छ यो सँगै पेट्रोलीयम टैंकरहरुमा इम्बोस्ड नंवर जडान नगर्न जानकारी गराएको छ ।   नम्वर परिवर्तन गरिए संगै टैंकरहरुको भारतवाट बनाउनु पर्ने explosiveसर्टिफिकेट पुन ः बनाउनुपर्ने तथा अन्य कागजात हरुमा समेत परिवर्तन गनुपर्ने हुंदा प्रतिटैंकर करीव एक लाख सम्म अतिरिक्त खर्च हुने र करिव ४५ दिन समय लाग्ने हुंदा महासंघका तर्फबाट निगम लगायत सरकारी निकायहरुमा समेत यो अनावश्यक कार्य अनिवार्य नगर्न अनुरोध गरिसकिएको हुंदा इम्बोस्ड नंवरको विरोध सहित जडान नगर्न ÷नगराउन संपूर्णमा जानकारी गराउँदछौं भनीएको छ । साथै इम्बोस्ड नंवर लागु नगराउन आवाज उठाउने अन्य संघ ÷संस्था नागरिक समाज एवं अभियन्ताहरुले गर्ने कार्यक्रमलाई समर्थन एवं सहयोग गर्न समेत बिश्वनाथ अर्यालले अनुरोध गर्नु भएको छ । यसै गरी पुर्ब सुरक्षा कर्मी परिषद नेपालले पनी यसको कडा बिरोध गरेको छ ।