सम्पर्क

राजनितीमा समस्या आइरहन्छ ,जन प्रतिनीधी सबैको साझा हो ः मुख्य मन्त्री बानीया

 

नेपाली काँग्रेस बागमती प्रदेसका सभापती एवम मुख्यमन्त्री इन्द्रबानियाँले राजनितीक भनेको निरन्तर यात्रा र संघर्ष हो समस्या आइरहन्छ संघर्ष गरिरहनु पर्छ र त्यसको समाधान पनी दिनु पर्छ भन्नु भएको छ । उँहाले देसको सघीय सरकार जेठो, देस सरकार माइलो र स्थानीय सरकार कान्छो भएको बताउँनु हुँदै जनताको सेवा गर्ने , खानेपानी, स्वास्थ्य, लगाएत नागरिकको समस्या समधानका लागी स्थानीय सरकार, बिकासका कार्यक्रमहरुका लागी प्रदेस सरकार र निती नियम निर्माणका लागी सघीय सरकार हो भन्नु भयो । उँहाले अहीलेको मन्त्रीमण्डलमा समाबेसी र बिकासमुखी, अनुभबी साथीहरु भएकाले बागमती प्रदेस सरकारले निश्पक्ष तरिकाले बिकासका कार्यक्रमहरु सञ्चालन गर्ने बताउँनु भयो बानीयाले गण तन्त्र भनेकै गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता प्रत्यक्ष सेवासुविधा उपलब्ध गराउँनु हो भन्नु भयो । हामी राणा हटाएको राजालाइ सम्बैधानीक बनाएको सम्बैधानीक बनेको राजा ले सम्बिधान धित्र नरहे पछि राजा फालेर माओबादीलाई शान्ती प्रक्रियामा ल्याउदै मुलुकभर बिकास गराएको बताउँनु भयो । नेपाली काँग्रेस क्षेत्र नं २ द्धारा आयोजित सम्मान कार्यक्रमममा बोल्दै बानीयाले सिन्धुपाल्चोक कुनै ब्यक्तिको हैन नेपाली काङ्ग्रेसका साथिहरुको हो । यो सबै काङ्ग्रेस को हो सिन्धुपाल्चोक किन भने हिजोको दिनमा पाटिमा प्रतिस्पर्धा रहनु भएका प्रेमध्वज लामा, बशंलाल तामाङ निर्वाचित हुन भएका जङग बादुर लामा यहि हुनुहुन्छ काङ्ग्रेस भनेको प्रतिस्पर्धालाई स्वीकार गर्छ ।     काग्रेसले कसैलाइ बन्देज गर्दैन कसैलाई प्रतिबन्ध गर्दैन कसैलाई सभापति भए पछि आफ्नै भनेको कुरा मानेन भने त्यस्लाइ दोस लगाउने तर्फ लाग्नु हुदैन कसैलाइ रोक्नु हुदैन भन्नु भयो । उँहाले हाम्रो काम भनेको काम गर्न सक्ने माननीयलाई मन्त्री बनाउने भएकोलाई राम्रो सङ्ग काम गर्न दिने प्रदेसको सभापतिको काम त्यही हो मैले जानेको त्यही हो भन्नु हुँदैे जन प्रतिनीधी सबैको साझा हो निर्बाचनको बेला पाटीबाट निर्बाचित हुने हो निर्बाचित भइ सके पछी सबैको साझा हो त्यसैले सेवा दिने काममा समानरुपले सेवा दिन पर्छ भन्नु भयो । सो अबशरमा नेपाली काँगे्रस जिल्ला सभापती जङ्ग बहादुर लामाले आफुहरु ब्यक्ती बिशेगा नभइ पाटीको निती निर्देशन बिधानका आधारमा काम गर्ने पाटीका सबै साथीहरुलाइ समान व्यवहार गर्ने बताउँनु भयो । कार्यक्रममा डा प्रेमध्वज लामा , नबनियुक्त मन्त्रीहरु स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङलाई विशेष स्वागत तथा सम्मान गरेको थियो ।नेपाली काँग्रेस २ नं क्षेत्रका क्षेत्रीय सभापती तथा मेलम्ची नगरपालिकाको नगर नगरप्रमुख आइतमान तामाङको सभापतत्विमा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला नेताहरु २ नं क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । यस अघी बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँ स्वास्थ्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई मेलम्ची नगर पालिकाले बधाई तथा सम्मान गरेको थियो र सोही क्रममा क्रममा मेलम्ची नगरपालिकाको गौरव र नाम राख्न सफल खेलकुद, कला र साङ्गीतिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका प्रतिभाका धनी अर्थात् खेलाडी नवौँ एशिया गोजुरियो कराँतेमा स्वर्णपदक विजेता करीना पुरी, नेपाल आइडल सिजन–६ का प्रतियोगी गंगा सोनाम, र आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोमा रजतपदक विजेता ११ वर्षीय ससांक तामाङलाई सम्मान सोत सम्मान गरेको थियो ।