दर्शन सुनुवार लोकप्रिय समाचार राष्टिय दैनिक कतार ,नेपाली महिला समाज कतारको आयोजनामा आयोजित “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” कार्यक्रम भव्य रूपमा मनाइएको छ ।
नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाइलो तिज” कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेकादोहोरी गायिका टीका पुन र रेजिना परियारले धमका मच्चाएका छन् ।शुक्रवार मुन्ताजा स्थित होटेल होलिडे भिल्लाको म्याजेस्टिक सभा हलमा करिब एक हजार दर्शक उपस्थिति रहेको सचेतना तथा विविध सास्कृतिक कार्यक्रममा कलाकार द्वयले आफ्नो प्रस्तुति दिँदै धमका मच्याउदै उपस्थित दर्शकहरूलाई भरपूर्ण नचाए .कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेकीनेपालबाट आमन्त्रित अतिथि कलाकार रेजिना परियार कार्यक्रमको उतार्धमा स्टेज चढिन उनले कर्मैले परदेश पुरायो,यतिको भएसी चल्छ नेपालमा,भुल परे दाइ म त,नाच ओई बाटुली,परे म त छक्कै जस्ता आधा दर्जन गीतमा आफ्ना सागिंतिक प्रस्तुति राखिन,रेजिनाको प्रस्तुतिमा कतारमा रहेका नेपाली दिदीबहिनीहरू छमछमी धोको फेरेर नाचिरहे ।
आज सम्म यतै छु,क्यारी आऊ भेट्नलाई क्षितिज पारी मेरो बस्तीमा भन्ने गीत गाउँदै टीका पुन स्टेज चढिन,कार्यक्रमको सभापति माया केसीलाई उपहार प्रदान गर्दै आँसु बरर,पिरतीले मलाई जोगी बनायो,जमिनै थरर,कर्मले घुमायो,टिपन सकिन खाईन बरिलै ,कर्मैले रुवायो,पोखराफेवाताल घुम्नलाई,तिजको लहर आयो बरिलै ,जस्ताआधा दर्जन आफ्ना सङ्गीत पस्किइन,पुनले दर्शकहरूलाई भरपूर्ण मनोरञ्जन प्रदान गरिन ।
नेपाली महिला समाजकी अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।विधिगत रूपमा दीप प्रज्वलन गरेर समुद्घाटन गरिएको थियो । समाजकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्ध्या अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा भोजपुर सेवा समाज कतारले नेपाली महिला समाज कतारलाई (सगुन) कोसेली प्रदान गरेका थिए ।सचेतना कार्यक्रमका प्रशिक्षक हमिद खान र निशा पराजुलीले २० वटा प्रश्नको सही जवाफ दिएका दिदीबहिनीहरूलाई पुरस्कार दिएर धन्यवाद व्यक्त गर्दै कर्मभूमि कतारको कानुन नियम पालना गर्न आग्रह गरे ।
रमाइलो तिज कार्यक्रममा कतारमा रहेका एक दर्जन भन्दा बढी कलाकारहरूले गायन,एकल नृत्य तथा सामूहिक नृत्य प्रस्तुति सगैं विविध मनोरञ्जनात्मक प्रस्तुतिहरू पेस गरेका थिए।तमु गुरुङ समाज कतारको मातहतमा रहेकोमहिला विभागले सभापति केसीलाई सम्मान गरेको थियो ।प्रमुख अतिथि पौडेलले आफ्नो मन्तव्य बोल्दै उनले पहिलो पटक बिदेशमा पनि नेपाली दिदीबहिनीहरूको बाक्लो उपस्थिति देख्न पाउँदा खुसी व्यक्त गरे । पौडेलले नेपाली राजदूतावास कतारको तर्फबाट कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हरितालिका तिजको शुभकामना समेत व्यक्त गरे । मन्तव्य पश्रांत प्रमुख अतिथि पौडेललाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सभापति केसीले कार्यक्रमलाई समापन गर्दै, तिज कार्यक्रमलाई सौहार्दपूर्ण तरिकाले भव्यताका साथ सम्पन्न गर्न विभिन्न कोणबाट साथ सहयोग गर्नुहुने कतारमा स्थापित विभिन्न सङ्घ संस्था,स्पोन्सर अतिथि कलाकार,पत्रकार तथा हलमा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नजिकिँदै गरेको नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको शुभकामना व्यक्त गरिन ।
कतारमा स्थापित पचहत्तर वटा सघं संस्था सहयोगीको रूपमा रहेको कार्यक्रमको सहजीकरण महासचिव मेनुका खतिवडा भण्डारी र शारदा भुजेलले मिलेर गरेका थिए ।