ह्योल्मोको पहुँच अमेरिकादेखी यूरोपसम्म
धेरैलाई खाडीमुलुकको यात्रा सपना बनिरहँदा ह्योल्मो समुदायलाई अमेरिका र यूरोप पानी पँधेरो बनेको छ । रोजगारीको खोजीमा सुन्दर पर्यटकीय गाउँ हेलम्बूबाट विदेशिएकामध्ये झण्डै आधा अमेरिका , यूरोप, कोरिया , जापानलगायत विकसित मुलुकमा कार्यरत् छन् ।
स्थानिय शिक्षक तोया गौतमले गाउँबाट ६ सयभन्दा बढी युवायुवती विदेशमा रहेको बताउनुभयो । करिब ५० प्रतिशत ह्णेल्मो अमेरिका , यूरोपलगायत विकसित मुलुकमा कार्यरत रहेको तिन दशकदेखी त्यहाँ कार्यरत गौतमले बताउनुभयो ।
ह्ेलम्बू चर्चित पर्यटकीय गाउँ हो । लाङटाङ पदयात्राको मुख्य आकर्षण हेलम्बूमा धेरै अमेरिकी र यूरोपेली आउने भएकाले उनीहरुकै सँगत र बसउठको प्रभाव र आकर्षणले ह्योल्मोले अमेरिका र यूरोपका मुलुकमा सहज पहुँच कायम राखेमा गौतमको ठम्याई छ ।
सुरुमा पुगेकाले आफन्त दर इष्टमित्र तान्दै जाँदा साढे ३ सय हाराहारीमा ह्योल्मो युवायुवतीको रोजगारीको पहिलो गन्तब्य अमेरिका ...
