गत जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको मेलम्चीको पानी काठमाडौँ पठाइएको छ ।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पु¥याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।
मेलम्चीको पानी सुरुङमार्फत पहिलोपटक २०७७ फागुन २२ गते सुन्दरीजलमा आइपुगेको थियो । सोहो वर्षको चैत १५ देखि मेलम्चीको पानी परीक्षण वितरणस्वरुप काठमाडौं उपत्यकाबासीको धारामा वितरण गरिएको थियो । तर २०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनास्थलमा ठूलो क्षति भएको थियो ।
