सम्पर्क

विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार अस्पताललाई विवरण पठाउन मन्त्री बस्नेतको निर्देशन

सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गर्नुभएको हो । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गर्नुभएकोप्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनु भयो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्वपूणर् कार्य गरेको बताउनुभयो । उहाँले अन्य पालिका र सरकारी कार्यालयहरुले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड दिनुभयो ।मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रुपमा समेत अध्ययन गरेको उहाँको भनाइ थियो । महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले प्रस्ट पार्नुभयो ।मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूणर् योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा निषेध गरेको थियो । सम्मानीत नगर प्रमुख कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उहाँको भनाइ थियो । कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कार विराटनगरवासीकै कारण प्राप्त गरेको उल्लेख गर्नुभयो । “विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेका छन्,” उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पनि महानगरवासीको ठूलो साथ पाएका छौं ।”कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएका अनुमतिपत्र नवीकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताउनुभयो ।यसै गरी मन्त्री बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिनुभएको छ । विश्व धूमपानरहित दिवस, २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा मन्त्री बस्नेतले सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण पठाउन निर्देशन दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, “अहिले देशभरका सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण माग गरेको छु । जहाँ कुन अस्पतालमा कति भेन्टिलेटर छन्, सघन उपचार कक्ष (आइसीयु) कति छन्, कति प्रयोगमा छन्, कति प्रयोगविहीन छन् जस्ता विषयमा जानकारी सर्वसाधारणसम्म पु¥याउनका लागि विवरण माग गरिएको हो ।” विवरण प्राप्त भएसँगै मन्त्रालयको वेबसाइटमा राखिने र वेबसाइटकै आधारमा सर्वसाधारणले सहजरूपमा नै अस्पतालको प्रयोग गर्नसक्ने कार्यक्रममा मन्त्रीले जानकारी गराउनुभयो । नियमित व्यायामका कारण धेरै किसिमका रोग न्यूनीकरण गर्न सक्ने भन्दै उहाँले सबै नागरिकलाई दिनको एक घण्टा अरु कसैको लागि नभई आफ्नो लागि छुट्याउन पनि आग्रह गर्नुभयो । अस्पताललाई नियमन र निर्देशित गर्नका लागि स्थानीय तहको ठूलो भूमिका हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राज न्यौपानेले सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर, आदिको क्यान्सर हुनुका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने बताउनुभयो ।

डा न्यौपानेका अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा जयान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै हुने गरेको डा न्यौपानेले जानकारी दिनुभयो ।

नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिनुभएको हो ।

बुधबार विश्व धूमपानरहित दिवस, २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय तहको भूमिका विषयक कार्यक्रममा मन्त्री बस्नेतले सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण पठाउन निर्देशन दिनुभएको हो । मन्त्री बस्नेतले भन्नुभयो, “अहिले देशभरका सबै अस्पतालको अवस्था बुझ्नका लागि विवरण माग गरेको छु । जहाँ कुन अस्पतालमा कति भेन्टिलेटर छन्, सघन उपचार कक्ष (आइसीयु) कति छन्, कति प्रयोगमा छन्, कति प्रयोगविहीन छन् जस्ता विषयमा जानकारी सर्वसाधारणसम्म पु¥याउनका लागि विवरण माग गरिएको हो ।”विवरण प्राप्त भएसँगै मन्त्रालयको वेबसाइटमा राखिने र वेबसाइटकै आधारमा सर्वसाधारणले सहजरूपमा नै अस्पतालको प्रयोग गर्नसक्ने कार्यक्रममा मन्त्रीले जानकारी गराउनुभयो ।
नियमित व्यायामका कारण धेरै किसिमका रोग न्यूनीकरण गर्न सक्ने भन्दै उहाँले सबै नागरिकलाई दिनको एक घण्टा अरु कसैको लागि नभई आफ्नो लागि छुट्याउन पनि आग्रह गर्नुभयो । अस्पताललाई नियमन र निर्देशित गर्नका लागि स्थानीय तहको ठूलो भूमिका हुने उहाँले बताउनुभयो । कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा राज न्यौपानेले सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर, आदिको क्यान्सर हुनुका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने बताउनुभयो ।