कृषि तथा पशुपालनजस्ता उत्पादनमुलक काममा मेलम्ची नगरपालिकाले बिशेष योजनाका साथ सहयोग गर्ने काम गरिरहेको नगर प्रमुख आइतमानले बताउँनु भएको छ । मेलम्ची नगरपालिका– ३ हैबुङको प्रशासनिक भवन उद्घाटन गर्दै उहाँले स्थानीय स्तरमा रोजगारको ब्यवस्थाका साथै उत्पादनमा पनी बृद्धी हुने भएकाले कृषी उत्पादनमा जोड दिइएको बताउँनुभयो । नगर प्रमुख तामाङ्गले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथी बनेर सेवा दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो । वडामा रहेका सडक,सिंचाइ कुलो बाह्रै महिना संचालनका लागि नगरले बजेटको ब्यबस्था गर्ने सो अबसरमा बताउँनु भयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले गाँउगाँउमा सिंहदरबार भन्ने भनाई सार्थक हुँदै गएको बताँउदै भवन निमार्ण संगै अव सेवा पनि चुस्त बनाउन वडा बासीहरमा अनुरोध गर्नुभयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले सुविधा सम्पन्न वडा कार्यालयको भवन बनेकोमा वडा बासिलाइ आभार ब्यक्त गर्नुभयो । धितालले नागरिकको सहजताका लागि १३ वटै वडामा एकै प्रकारका कार्यालय भवन निर्माण गर्ने र जस्ले गर्दा सेवा प्रबाहमा सहज हुने बताउनुभयो । वडामा अपुग रहेको कर्मचारी पुर्ति गर्नका लागि नगरपालिकाले कर्मचारी ब्यबस्था गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य चौकिको सेवा समेत वृद्धि गर्ने योजना रहेको सुनाउदै अधिकृत धितालले तिर्न बाकी राजस्व तुरुन्त तिर्न आग्रह गर्नुभयो । उहाँले वडाबाट उठेको राजस्वको आधारमा आगमि बर्षबाट नगरले बजेट बिनियोजन गर्ने योजना रहेको सुनाउदै धेरै भन्दा धेरै राजस्व संकलन गर्न आग्रह गर्नुभयो । कार्यक्रमका वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जराले चुनावका प्रतिबद्धता अनुसार आफुले काम गरिरहेको बताउँदै थप विकाश निमार्णका काम र सेवा सहज बनाउन आफु सदैव लागि पर्ने बताउनुभयो । उहाँले वडाको मुख्य आवश्यकता भनेकै सडक,शिक्षा र स्वास्थ्य भएकोले यस्लाइ पुरा गर्नका लागि निरन्तर लागिरहने बताउनुभयो ।मेलम्ची वडा नम्बर १का अध्यक्ष कृष्णमुरारी चौलागाईं,वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा लगायतले नागरिक हरुलाई दिने सेवा सुविधामा नयाँ भवनले सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । वडा अध्यक्ष द्वयले गाउँ गाउँमा सिंह दरबार भन्ने नारालाई सुन्दर भवनले मूर्तरुप दिएको बताउदै अब सेवामा सहजता प्रदान गर्न अनुरोध गर्नुभयो । १ करोड २० लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत धितालले बताउनुभयो ।नगरपालिकाको वडा नम्बर ४,७,९ र १२ को वडा कार्यालय भवन निर्माणको चरणमा रहेको छ भने अन्य ९ वटा वडाको भवन निर्माण सम्पन्न भइ सेवा प्रवाह भइरहेको छ ।
