सम्पर्क

फरार प्रतिवादी ११ वर्ष पछि पक्राउ

भक्तपुरको सुर्यविनायक नगरपालिका–५ सिर्जनानगरबाट साधरण चोरी मुद्दाका फरार एक प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –४ बस्ने ३२ बर्षीय रामशरण दाहाल रहेका छन् । भक्तपुर जिल्ला अदालतले ०६९ कार्तिक २६ गते साधरण चोरी मुद्दामा उहाँविरुद्ध १ महिना कैद सजाय सुनाएको थियो । बिहिबार पक्राउ परेका उहाँलाई फैसला कार्यन्वयनको तथा सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।