सम्पर्क

सहकारी संंस्थाका पदाधिकारीहरुको क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरपालिका भित्र रहेका सहकारी संंस्थाका पदाधिकारीहरुको लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम उपस्थित पदाधिकारीहरुले सहकारी व्यवस्थापनमा केही कमी कम्जोरी रहेको र उक्त कमी कम्जोरीलाई सुधार गर्दै जनमुखी हुनमा नगरबाट पनि सहयोग हूनुपर्ने बताउनुभएको छ । सहकारी संस्थाका पादाधिकारीहरुका तर्फंबाट बोल्दै पुर्ब वडाअध्यक्ष नरमान श्रेष्ठले सहकारी संस्थाहको मुख्य समस्या भनेको घर भाडा र कर्मचारी परिचालनमा भएकाले यस समस्याको समाधानका लागि नगरपालिकाले हरेक सहकारीलाई भवन निर्माणमा सहयोग गर्नुपर्ने बताउँदै सहकारी विकासका लागि समय समयमा यस्ता कार्यक्रमहरु गरिरहनु पर्ने बताउनु भयो । कार्यक्रममा नगर सहकारी शाखाका शाखा प्रमुख दुर्गा प्रसाद ढुङ्गेलले सहकारीताका माध्ययमबाट गरिएका कामहरुमा पारदर्सिता हुने भएकाले सहकारीको बिकासका लागी नगरपालिकाले सहयोग रिरहेको बताउँनुभयो । कार्यक्रमका सभापतीत्व गरिरहनु भएका नगरपालिकाका प्रमुख प्रशासकयि अधिकृत राम बहादुर केसीले सहकारीताका माध्ययमबाट काम गर्नका लागी सहकारी संस्थाहरुलाई अझ सक्रीय र व्यबस्थीत तरिकाले सहकारी सञ्चालन गर्न शेयर सदस्यहरु पनी सक्रीय भइ लाग्नपर्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालकिा भित्र सक्रिय रहेको सहकारी संस्थाका पदाधिकारहिरुको उपस्थितीमा नगरपालकिाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो ।