सम्पर्क

नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया

नेपाली काँग्रेस प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं.२ प्रदेस सभा क को प्रदेस स्तरिय भेला तथा पाटि सुदृढीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम चौतारामा भएको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको बिपि समृति भवन चौतारामा प्रदेस सभा क का सभापति केशब राज गिरिको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नेताहरुले कार्यकर्ताहरुको मनोभावना अनुसार काम गर्न पर्ने धारणा राखेका थिए । सहभागीहरुले कार्यकर्ताहरु पनि अनुशासित ढङ्गबाट सर्बसाधरण नागरिकको समस्यलाई हेरेर उनिहरुको सहयोगमा लाग्न पर्ने बताउनुभएको छ । नेपाली काङग्रेसका पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला पाटि उप सभापति टङ्क बहादुर कार्कीको विशेष अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले सिन्धुपाल्चोक जिल्लाका लोकप्रिय नेता पाटिको अभिभावक मन्त्रि भएको यो अबस्थामा बिपन्न परिबारलाई समेत निःशुल्क उपचारको व्यवस्था गरेको छ । बिकासका हरेक कार्यक्रमहरुमा नेपाली काङ्ग्रेसको भुमिका ठुलो रहेको छ । यो भुमिका अझ बढि र व्यवस्थित गर्न पाटिले विशेष भुमिका निर्बाह गर्न लागि पर्न पर्ने बिषयमा छलफल भएको छ । प्रदेस स्तरीय अन्तरक्रिया कार्यक्रममा कोषाध्यक्ष भुपेन्द्र बहादुर थापाले आर्थीक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सचिब पुन्य भट्टराईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्ब केन्द्रीय सदस्य बिष्णु बिक्रम थापाले नेपाली काँग्रेस एक ऐतिहासिक लोकतान्त्रीक पाटी भएको र यस पाटीमा खुल्ला बहस हुने बाहीर हेर्दा बिबाद जस्तो देखीएको भए पनी खास त्यस्तो नभएको बताउँनु भयो । बिशेष अतिथी टङ्क कार्कीले नेपाली काँग्रेसलाई पहिलो पाटी बनाउँन लागी परेका पदाधिकारीहरुलाई बिशेष धन्यबाद दिदै आगामी निर्बाचनमा देशै भरी काग्रेसमय बनाउँन सबै लाग्न पर्ने बताउादै कार्यकर्ताकाको मनोवल उच्च राख्न बिकासे नेता मोहन बहादुर बस्नेत जस्ता नेताहरु हुन पर्ने बताउँनु भयो ।