सम्पर्क

सीटीइभीटीको गाडी सुनकोसीमा खस्दा ३ जना कर्मचारी बेपत्ता

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सिटीइभीटी)को गाडी सुनकोसी नदीमा खसेको छ । सिटीइभीटी कार्यालय भक्तपुरबाट खोटाङका लागि हिँडेको बा १ झ ७४६७ नम्बरको स्कार्पियो बीपी राजमार्गस्थित गोलन्जोर गाउँपालिका– ७ लौकुनबाट सुनकोसीमा खसेको प्रशरीले जनाएको छ । गाडीमा सिटीइभीटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । सुरक्षाकर्मीरु स्थानीयबासी मिलेर वेपत्ताका खोजी गरिरहेका छन् । नदीमा पानी निकै गहिरो रहेकाले खोजीका लागि गोताखोर ल्याउनुपर्ने अवस्था रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । गाडीचालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल हुनुभएको प्रहरीले जनाएको छ ।