सम्पर्क

सहज तरिकाले बिरामिलाई उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले बिरामीलाई सहज रूपमा उपचार गर्ने व्यवस्था मिलाउन विभिन्न अस्पताललाई निर्देशन दिनुभएको छ । काठमाडौंको गंगालाल अस्पताल र मेडिकेयर अस्पतालको शुक्रबार अनुगमन गर्दै मन्त्री बस्नेतले सहज रूपमा उपचार गर्नका गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको हो । का हुन् । उहाँले गंगालाल अस्पतालमा रहेका उपकरणहरूको प्रयोग, बिरामीलाई दिइने सुविधा र उपचारको व्यवस्थाका बारेमा जानकारी लिनुभएको थियो । यसअघि पनि विभिन्न अस्पतालहरूमा गुणस्तरीय सेवा नभएको गुनासोलाई अन्त्य गर्ने लक्ष्यका साथ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । मन्त्री बस्नेतले सरकारी र निजी अस्पतालको उपचारको सेवा शुल्कमा एकरूपता ल्याउन पहल गरिने बताउनुभयो । उहाँले उपचारका लागि आएका बिरामीहरूसँग पनि कुराकानी समेत गर्नुभएको थियो ।