घोराही सिमेन्ट इन्डष्ट्री उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन गरी दैनिक १०हजार टन उत्पादन गर्न थालेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार
वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सेयर बिक्री खुल्ला गरेको थियो । सोही क्रममा शेयर खरिद कार्यमा यहाँहरूले देखाउनु भएको उत्साहपूर्ण सहभागिता प्रति घोराही सिमेन्ट आभारी छ कम्पनी द्धारा जारी बिज्ञेप्तमिा भनीएको छ ।कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्ने छ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनु भएको सहभागिता हाम्रो लागी महत्त्वपूर्ण रह्यो ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सो सेयर खरिदका लागि देश बाहिर रहनुभएका वैदेशिक सेयर खरिदकर्ताले देखाउनु भएको उत्साहले हामीलाई थप हौसला बढाएको छ ।
नेपालको औद्योगीकरण र व्यापार प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो । यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्याएको यहाँहरूलाई जानकारी गराउन पाउँदा हामीले गौरवान्वित महसुस गरिरहेका छौँ । यो कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुनेछ भन्ने हाम्रो विश्वास छ । यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भाव हामीलाई प्राप्त हुने नै छ भन्ने विश्वास गर्दै पुनः समग्र सेयर खरिदकर्ताहरू प्रति आभार सहित धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । कम्पनी द्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।
