सम्पर्क

सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको  सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ ।  सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र राईको संगीत संयोजन  गरेका हुन् । गीतको भिडियोलार्ई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।गीतको भिडियो छोटो समयमा नै एक मिलियन पुग्न सफल भएको छ ।

एलिस राई र विमला खजुमको पनि अभिनय छ । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।