सम्पर्क

जनप्रतिनिधिको हैसियतमा आफ्नो क्षेत्रमा सदैव सेवा र सहयोगमा लागिरहने छुः सांसद तामाङ

नेपाली काङ्ग्रेसका युवा नेता ,सिन्धुपाल्चोक क्षेत्र नम्वर २ प्रदेश सभा ख बाट निर्वाचित सांसद कृष्णकुमार तामाङ (समीर)ले दुवईमा निधन भएका मेलम्ची –२, निवासी स्व. शिशिर खतिवडाको परिवारलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । वैदेशिक रोजगारीको क्रममा दुवइ जानुभएका खतिवडाको २०७९ मंसिर १० गते निधन भएको थियो । उहाँको निधन भएपश्चात् शव ल्याउनको लागि धेरै खर्च लागेको र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले स्व .खतिवडाको परिवारजन, स्थानीय समाजसेवीको आग्रहमा सांसद तामाङले सहयोग हस्तान्तरण गर्नुभएको हो । सांसद तामाङ र नेपाली काँग्रेसका नेता प्रकाश सापकोटाको पहल र आग्रहमा हाल अमेरिकामा रहनुभएका सिन्धुपाल्चोकबासी समाजसेवी राम श्रेष्ठ र उहाँको धर्म पत्नी पार्वती श्रेष्ठ मार्फत प्राप्त नगद १ लाख शनिबार सांसद तामाङले स्थानिय समाजसेवी र विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थितमा स्व .खतिवडाको घरमा पुगि उहाँको बुवा गुरुदत खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले स्व .खतिवडा प्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनप्रती समबेदना प्रकट गर्नभयो । सांसद तामाङले आगामी दिनहरुमा पनि केही समस्या आउदा प्रष्ट सँग आफुलाई भन्न आग्रह गर्नुभयो । उहाँले आफु यसै क्षेत्रको जनप्रतिनिधिको हैसियतमा सदैव सेवा र सहयोगमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।