सम्पर्क

ब्रेकिङ न्युज २

बालमैत्री घोषणाका लागी कुनै कसुर बाकी हँदैन ःनगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देव राज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले निर्वाह गर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाले आयोजना तथा एक्प्याक्ट लक्जम्बरको आर्थिक सहयोग सुनिता फाउन्डेसनको समन्वयमा आयोजित ३ दिने बालमैत्री स्थानीय शासन र बाल संरक्षण प्रणाली प्रशिक्षक प्रशिक्षणलाई समापन गर्नुहुँदै प्रमुख तामाङले उक्त भनाई राख्नु भएको हो । उहाँले यो कार्यकालमानै बालमैत्री नगर घोषणा गर्ने गरि जनप्रतिनिधी, कर्मचारी लागेको बताउँदै यसका लागि सबैकोे सहयोगको खाँचो रहेको बताउनुभयो । त्यस्तै उपप्रमुख उमा प्रधानले बालमैत्री नगर घोषणाका लागि ५१ वटा सुचक पुरा गर्न जनप्रतिनिधी मात्रको प्रयासले पुरा नहुने भन्दै कर्मचारी र नगरबासीको सहयोग चाहिने बताउनुभयो । त्यस्तै बालमैत्री अभियान्ता प्रशिक्षक तिलोतम पौडेलले नगरले गरेका कार्यको प...

वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी मेलम्चीले मनायो २१ औँ स्वास्थ्य स्वयंसेविका दिवस

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
देबराज सुबेदी २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा “विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका स्वस्थ समाज निर्माणमा सहभागीता” भन्ने मुल नारा सहित मेलम्ची नगरपालिकाले विश्व अन्तर्राष्ट्रिय स्वयंसेविक दिवस मनाएको छ । अन्तर्राष्ट्रिय स्वयंसेविका दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ । मेलम्ची नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा वक्तृत्वकला तथा चम्चा दौड प्रतियोगीता गरी आयोजना गरिएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका १३ वटा वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरु सहभागी भएका थिए । चम्चा दौड प्रतियोगिता वडा नम्बर ८ की देवकी गिरी पहिलो, वडा नम्बर २ को सम्झना खत्री दोस्रो, वडा नम्बर ३ को सिता तामाङ तेस्रो र वडा नं. ३ कै सबिना गुरूङले सान्त्वना स्थान हासिल गर्नुभयो ।वक्तृत्वकला प्रतियोगितामा वडा नम्बर १० को सम्झना पन्त पहिल...

एमाले परित्याग गरी दर्जनौँ काँग्रेस प्रवेश, बस्नेतद्वारा स्वागत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ बाह्रबिसे नगरपालिकामा दर्जनौँ एमालेका कार्यकर्ताहरू नेपाली काँग्रेस प्रवेश गरेको समाचार प्राप्त भएको छ । प्रबेशीहरुमा वडा नं. ९ राम्चे निवासी नारायण पौडेल २०५४ सालमा नेकपा एमालेको टिकटबाट वडा अध्यक्ष हुनुहुन्थ्यो । त्यसै गरी गएको स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिका वडा नं. ९ जम्बु निवासी शान्त माया माझी नेकपा एमालेबाट वडा सदस्य प्रत्यासी हुनुहुन्थ्यो । उहाँ लगायत नेकपा एमाले परित्याग गरी बाह्रबिसे न।पा। वडा नं. ९ राम्चे का हिरा बहादुर तिमल्सिना रामकाजी पौडेल र बाह्रबिसे नगरपालिका वडा नं.  ८ जम्बु निवासी आइतमान माझी, संगिता माझी, विष्णु कुमारी अधिकारी माझी, सुकुमायाँ माझी, मंगल बहादुर माझी, सन्ते माझी र बाह्रबिसे नगरपालिका वडा नं. २ बाट संगिता कुइँकेल खड्का त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्कर हाल जम्बु निवासी रवि श्रेष्ठ नेपाली काँग्रेसमा प्...

उद्योगमन्त्री भण्डारी स्वदेश फिर्ता

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा यही मङ्सिर १७ र १८ गते भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्यहाँ रहँदा मन्त्री भण्डारीले भारतीय जनता पार्टी(भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाइ, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर, समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरी, उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमन्त्री प्रल्हाद जोशी, भारतीय उद्योग परिसङ्घका पदाधिकारीलगायतसित भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । चौथाइसँगको भेटका क्रममा उहाँले दुई देशबीचको सौहाद्र सम्बन्धका विषयमा कुराकानी गर...

वडा कार्यालय भवन निर्माणमा असहमती जनाउँदै बुझायो ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय भवन निर्माण बारेमा भएको विबाद जिल्लासम्म पुगेको छ । मंगलबार संघर्ष समितीका संयोजक भुपेन्द्र बानियाँ, पूर्व वडाअध्यक्ष देव प्रसाद बानियाँ, पूर्व वडा सदस्य खगेन्द्र थापालागायतको टोलीले जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापनपत्रमा भनिएको छ ‘प्रस्तुत विषयका सन्दर्भमा साविक कुन्चोक गा. वि.को कार्यालय खुतुमेडाँडा ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को अस्थायी कार्यालय तोकिएर कामकाज हुँदै गर्दा बहुसंख्यक नागरिकले अपायक महशुस गरेकै थिए । अघिल्लो वडा समितिले पायक पर्ने स्थानभनेर भन्ज्याङमा वडा कार्यालय बनाउनलाग्दात्यो पनि अपायक भएको भनी विवाद सृजना भयो । विडाको केन्द्र र कार्यालय भवन सम्बन्धी विवाद र असमझदारीले वडा समितिको अघिल्लो कार्यकालमा असन्तुष्ट नागरिक समुह अदालतसम्म पुगेको र अदालतको आदेश बमोजिम गर्दा तत्का...

स्याङ्जा सहयोग समाज कतारको अधिवेशन शुक्रबार हुने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय समाचार दैनिक, दोह, कतार स्याङ्जा सहयोग समाज कतारले आगामी शुक्रबार अधिवेशन गर्ने भएको छ । “स्याङ्जा सहयोग समाजको चाहना, बिशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ समाजले नवौ अधिवेशन गर्ने भएको हो । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा नौमती पञ्चेबाजाको साथमा बिविध साँस्कृतिक कार्यक्रम हुने र अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजका महासचिव टेक गैर्हेले लोकप्रिय दैनिकलाई जानकारी दिनुभयो । प्रवासको बसाईमा समाज सुख दुखको चौतारी बन्न सक्ने बताउदै समाजका अध्यक्ष प्रकाश परियारले कतारलाई कर्म थलो बनाईरहेका स्याङ्जाबासीहरुलाई कार्यक्रममा उपस्थित भएर समाजमा आवद्ध हुन सबैलाई आग्रह समेत गरेका छन् । कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु, बिभिन्न प्रदेश,जिल्ला संस्था,विभिन्न जातिय संस्थाहरु,स्याङ्जा सहयोग मातहतमा रहेका सम्पुर्ण ईकाईहरु,कलाकार,पत्रकार...

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ राष्ट्रिय मानवअधिकार आयोगले नीति, योजना, कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका सवाललाई प्राथमिकता दिन तीनै तहका सरकारलाई आग्रह गरेको छ । डिसेम्बर ३ अर्थात् अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज आयोगको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रभावकारी कदम चाल्न र सङ्घ, प्रदेश तथा स्थानीय तहलाई सो आग्रह गरिएको छ । “अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र सम्वद्र्धनका लागि निरन्तर कार्य गर्दै आइरहेको छ, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धमा ऐन कानुनमा भएका व्यवस्थाहरूको कार्यान्वयन अपेक्षाकृत रूपमा हुन सकेको देखिँदैन”, विज्ञप्तिमा भनिएको छ, “अपाङ्गता भएका व्यक्तिहरूलाई घर, परिवार र समाजले हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तनको आवश्यकता रहेको छ । आयोग...

मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल

ब्रेकिङ न्युज २, समाचार
छिमेकी राष्ट्र भारतको भ्रमणमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबीच द्विपक्षीय हितका विषयमा आज नयाँदिल्लीमा भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित संसद् भवनमा भएको भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाइउड, जुत्तालगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ‘ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड’को सहजीकरणका लागि आग्रह गर्नुभयो । नेपालको पारवाहन तथा व्यापार सहजीकरणका विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवाहन सन्धी संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहनुभएका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो । यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिवस्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ । त्यस अवसरमा मन्त्री भण्डा...

तामाङ पत्रकार संघ सिन्धुपाल्चोकको अध्यक्षमा प्रितम तामाङ गोले

ब्रेकिङ न्युज २, समाचार
 तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा पुन प्रितम तामाङ गोले सर्वसम्मत निर्वाचित हुनु भएको छ । सोमबार जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको शाखाको प्रथम अधिवेशनले उहाँलाई पुन अध्यक्षमा दोहोर्‍याएको हो । त्यसैगरी उपाध्यक्ष अश्मी स्याङ्याङतान, सचिव फूलमान तामाङ मोक्तान, सह–सचिव विपना तामाङ गोले, सह–सचिव आईसिंङ तामाङ, कोषाध्यक्ष सुरेन्द्र तामाङ, सदस्यहरुमा शर्मीला तामाङ गोले, प्रेम लामा, सागर तामाङ सर्वसम्मत चयन हुनुभएका छन् ।...

त्रिपुरासुन्दरी गाउँपालिकाले “त्रिपुरा उद्घाटन सप्ताह मनाउने

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले मङ्सिर १९ गतेदेखि मङ्सिर २५ गते सम्म “त्रिपुरा उद्घाटन सप्ताह – २०८१“ मनाउने भएको छ । पालिका अध्यक्ष भक्तध्वज बोहराको अनुसार वडा न १ घोर्थली देखि वडा नं. ६ टेकानपुर सम्मका निर्माण सम्पन्न भएका विभिन्न भौतिक संरचनाको उद्घाटन गर्न लागिएको हो।पालिकाकै सान पालिकाको प्रशासकीय भवन समेत निर्माण सम्पन्न भएको छ । जस अनुसार मङ्सिर १९ गते घोर्थली स्वास्थ चौकीको पुर्व स्वस्थ मन्त्री माननीय मोहनबहादुर बस्नेतबाट समुदघाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी मङ्सिर २० र २१ गते गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराबाट क्रमश चोकटी स्वस्थ चौकी र धुस्कुन स्वस्थ चौकीको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते दाबी खोलामा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन पुर्व स्वस्थ मन्त्री मोहनबहादुर बस्नेत बाट गरिनेछ भने मङ्सिर २३ गते टेकानपुर स...