सम्पर्क

वडा कार्यालय भवन निर्माणमा असहमती जनाउँदै बुझायो ज्ञापनपत्र

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाको वडा नं. ३ को वडा कार्यालय भवन निर्माण बारेमा भएको विबाद जिल्लासम्म पुगेको छ । मंगलबार संघर्ष समितीका संयोजक भुपेन्द्र बानियाँ, पूर्व वडाअध्यक्ष देव प्रसाद बानियाँ, पूर्व वडा सदस्य खगेन्द्र थापालागायतको टोलीले जिल्ला समन्वय समितीलाई ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ
‘प्रस्तुत विषयका सन्दर्भमा साविक कुन्चोक गा. वि.को कार्यालय खुतुमेडाँडा ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को अस्थायी कार्यालय तोकिएर कामकाज हुँदै गर्दा बहुसंख्यक नागरिकले अपायक महशुस गरेकै थिए । अघिल्लो वडा समितिले पायक पर्ने स्थानभनेर भन्ज्याङमा वडा कार्यालय बनाउनलाग्दात्यो पनि अपायक भएको भनी विवाद सृजना भयो । विडाको केन्द्र र कार्यालय भवन सम्बन्धी विवाद र असमझदारीले वडा समितिको अघिल्लो कार्यकालमा असन्तुष्ट नागरिक समुह अदालतसम्म पुगेको र अदालतको आदेश बमोजिम गर्दा तत्कालीन समयको निर्माणधिन भवन वडा कार्यालयको रुपमा प्रयोगमा आउन नसकेको र उक्त भवन अहिले सामुदायिक भवनको रुपमा रहेको व्यहोरा निवेदन गरिन्छ ।
वडा कार्यालय भवन निर्माणमा नागरिक असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने विषयमा वर्तमान वडा समिति र खासगरी वडा अध्यक्ष गम्भीर नहुँदा वडाको कार्यालय भवन खुतुमेडाँडामा नै बनाइछाड्ने वडा अध्यक्ष र निरन्तर असन्तुष्टि प्रकट गरिरहने नागरिक समुहबीचको द्वन्द्वले उग्ररुप लिने अवस्था विकसित भएको हुँदा श्रीमान समक्ष यो निवेदन पेश गरिएको छ ।
वडाको भवन निर्माण समन्धमा भए गरेका काम यसप्रकार सविनय अनुरोध छ ।
१. गत आर्थिक वर्ष नै गाउँ सभाबाट वडाको केन्द्र खुतुमेडाँडा तोक्ने प्रस्ताव पास भएको अप्रत्यक्ष जानकारी पाइए पश्चात् वडामा बुझ्दा हो भन्ने जवाफ आएको र संशोधनका लागि मौखिक अनुरोध गरिएको,
२. मिति २०८० भदौं २५ गते वडाको केन्द्र खुतुमेडाँडा तोकेको प्रति असन्तुष्टि जनाउदै पत्राकार र सुरक्षाकर्मीको रोहवरमा केन्द्र परिवर्तनका लागि वडा अध्यक्षलाई ज्ञापनपत्र पेश गरिएको,
३. मिति २०८० असोज ६ गते वडा अध्यक्ष भिमसेन थापाले बोलाएको सर्वपक्षीय बैठकबाट वडा अध्यक्षकै संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठनगरी वडाको केन्द्र र भवन निर्माणको लागि जग्गा पहिचान र प्राप्तिको आधार पेश गर्न ४५ दिनको समय सिमा दिइएको थियो ।
(यहीं बाट वडाको केन्द्र खुतुमेडाँडा सम्बन्धीगाउँसभाले पास गरेको प्रस्तावको औचित्यकमजोर भएकों)
४. मिति २०८० कात्र्तिक २१ गते कार्यदलको बहुमतबाट खुतुमेडाँडाको विकल्पमा प्राथमिकता निर्धारण सहित स्थान र जग्गा प्राप्तिको आधार सहित राय प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनमा वडा अध्यक्ष आफैले पहिले ४५ दिनको म्यादगुजार्ने भुमिका खेलेको र पछि हस्ताक्षर नगरेर सर्वसम्मत नभएको,
५. मिति २०८०÷०९÷०९ मा ३ नम्बर वडामा बुझाएको ज्ञापनपत्र सम्बन्धी विषय खोलेर इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाललाई ज्ञापनपत्र पेश गरिएको र सो को बोधार्थ इलाका प्रहरी कार्यालय, नवलपुरलाई दिइएको,
६.२०८० पौष १७ गते कार्यदलका सदस्यसहित सामाजिक अगुवाहरुको उपस्थितिमा पुनः पालिका अध्यक्षलाई ध्यानाकर्षण गराउंदै अघिल्लो ज्ञापनपत्र बारे के भएको छ भन्ने सूचना मागिएको,
७. मिति २०८१÷०२÷०४ मा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई लिखित ध्यानकर्षण गराइएको,
८. मिति २०८१।०४।२८ मा संघर्ष समितिको नेतृत्वमा बहुसंख्यक वडाबासीले खुतुमेडाँडामा कार्यालय भवन निर्माणको योजनाविरुद्ध विरोध स्वरुप ३ नम्बर वडा कार्यालय मातालालगाई कामकाज अवरुद्ध गर्दा इन्द्रावती ५ का वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता शशीनाथ आचार्यले छलफलबाट समस्याको निकास खोजौंला भनेपछि सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको कामलाई ध्यानमा राखी ताला खोलिएको,
९. मिति २०८१।०२।०४ मा प्रमुख प्रशासकीय अधिकृतलाई उक्त भवन निर्माण सम्बन्धी ठेक्का सम्झौता नगर्न निवेदन पेश गरिएको र निवेदनलाई गाउँ कार्यपालिका बैठकमा पेश गर्ने र बैठक निर्णय अनुसार हुने प्रतिकृया अधिकृतले दिएको,
१०. मिति २०८१।०६।०६ मा ३ नम्बर वडा कार्यालय भवन खुतुमेडाँडामा निर्माण विरुद्ध संघर्ष समितिका प्रतिनीधिलाई गाउँकार्यपालिकाको बैठकमा सहभागी गराई गुनासो सुनिएको र पालिका अध्यक्ष झम्कनाथ नेपालले बहुसंख्यक नागरिकको असन्तुष्टी संबोधनका लागि वडा अध्यक्ष भिमसेन थापालाई स्थान परिवर्तनको निर्णय ल्याउन र त्यसो भएमा गाउँसभा ने संशोधन गर्ने कुरा सबैको सामु बताएको,
उल्लिखित खुतुमेडाँडामा वडा कार्यालय भवन निर्माण नागरिक स्तरमा असन्तुष्टिको विषय भएको कुरा स्थानीय तह, सुरक्षाकर्मी र सार्वजनिक सञ्चार माध्यमलाई जानकारी भएकै छ । त्यसकारण गत आर्थिक वर्षमा छुट्याइएको बजेटबाट उक्त भवन निर्माण सम्बन्धी कार्य नगरिएको र गतवर्ष विरोधको आशंकाले रोकिएको काम यसवर्ष विरोधकै बीच अगाडि बढाएको थाहा पाएदेखि नै चर्को नागरिक खबरदारी हुँदै आएको छ । वडा कार्यालय भवन निर्माणका लागि वडा कार्यालय र गाउँपालिका कठोर बनेर नागरिक असन्तुष्टिलाई सामान्यमात्र ठानेमा भौतिक प्रतिरोध हुन्छ र अप्रिय परिणामका लागि सम्बन्धित पक्ष जिम्मेवार हुनेछ भन्ने तर्फ बारम्बार सचेत गराइएकै छ र यो इलाका प्रहरी कार्यालय वडा कार्यालय पनि जानकारी गराइएको विषय हो । पछिल्लो नवलपुरलाई भवन खुतुमेडाँडामा निर्माणको काम अघि बढाएर गाउँ सभाबाट पास भएको भन्दै र कानुनी बलको कुरा गर्दै मैदानमा परिक्षण गर्ने जनबल ठुलो कि गाउँसभाको निर्णय युक्त कागज भन्ने कुराबाटोमा इन्द्रावती गाउँपालिका यात्रारत देखिन्छ ।
आफ्नो सेवा केन्द्र निर्धारण र निर्माणको विषय नागरिकका लागि सामान्य मात्र हुन सक्दैन । तसर्थ विरोधलाई सामान्यमात्र ठान्दाहिंशा र आन्दोलनमा परिणत हुने र धनजनको क्षतिहुने अवस्था विकसित हुँदै गएको विषय जाहेर गर्दै श्रीमान्बाट आवश्यक र निर्णायक समन्वयको लागि यसै निवेदनद्वारा अपिल गर्दछौं ।
भुपेन्द्र बानियाँ–संयोजक, संघर्ष समिति तथा कार्यदल सदस्य देव प्रसाद बानियाँ–पुर्व वडा अध्यक्ष, खयेन्द्र थापा–पुर्व वडा सदस्य नारायण आचार्य कार्यदल सदस्य, तेज बहादुर बानियाँ कार्यदल सदस्य बहादुर थापा कार्यदल सदस्य, खपन्द्रभाषा, कुमार बहादुर थापा कार्यदल सदस्य, केदार बहादुर थापा, नेत्र बहादुर बानियाँ, भिम बहादुर बानियाँ, चन्द्र बहादुर बानियाँ, दिनेश ठकुरी, जत दल बहादुर तामाङ , खिल बहादुर न्यौपाने प्रेम बहादुर तामाङ, सिन बहादुर थापा लगाएतले हस्ताक्षर गरेर बुझाइएको पत्र बुझ्दै जिसस प्रमुख बालकृष्ण श्रेष्ठले यस सम्बन्धमा आफुहरुबाट हुनसक्ने सहयोग गर्ने बताउँनु भयो ।