दर्शन सुनार/लोकप्रिय समाचार दैनिक, दोह, कतार
स्याङ्जा सहयोग समाज कतारले आगामी शुक्रबार अधिवेशन गर्ने भएको छ । “स्याङ्जा सहयोग समाजको चाहना, बिशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ समाजले नवौ अधिवेशन गर्ने भएको हो । शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा नौमती पञ्चेबाजाको साथमा बिविध साँस्कृतिक कार्यक्रम हुने र अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको समाजका महासचिव टेक गैर्हेले लोकप्रिय दैनिकलाई जानकारी दिनुभयो । प्रवासको बसाईमा समाज सुख दुखको चौतारी बन्न सक्ने बताउदै समाजका अध्यक्ष प्रकाश परियारले कतारलाई कर्म थलो बनाईरहेका स्याङ्जाबासीहरुलाई कार्यक्रममा उपस्थित भएर समाजमा आवद्ध हुन सबैलाई आग्रह समेत गरेका छन् ।
कतारमा स्थापित विभिन्न बैचारिक संस्थाहरु, बिभिन्न प्रदेश,जिल्ला संस्था,विभिन्न जातिय संस्थाहरु,स्याङ्जा सहयोग मातहतमा रहेका सम्पुर्ण ईकाईहरु,कलाकार,पत्रकार, बुद्धिजिवी, ब्यवसायी समाजसेवीहरुलाई कार्यक्रममा उपस्थित भएर अधिवेशनलाई भब्यताका साथ सफल बनाईदिन समाजले अनुरोध समेत गरेको छ । ६ डिसेम्बर २०२४ का दिन बिहान ११ बजे देखि कार्यक्रम सुचारु कार्यतालिका रहेको छ । स्याङ्जा सहयोग समाजले स्थापना काल देखि गृह जिल्ला स्याङ्जा तथा कतारमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।
