सम्पर्क

एमाले परित्याग गरी दर्जनौँ काँग्रेस प्रवेश, बस्नेतद्वारा स्वागत

 सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ बाह्रबिसे नगरपालिकामा दर्जनौँ एमालेका कार्यकर्ताहरू नेपाली काँग्रेस प्रवेश गरेको समाचार प्राप्त भएको छ ।
प्रबेशीहरुमा वडा नं. ९ राम्चे निवासी नारायण पौडेल २०५४ सालमा नेकपा एमालेको टिकटबाट वडा अध्यक्ष हुनुहुन्थ्यो । त्यसै गरी गएको स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिका वडा नं. ९ जम्बु निवासी शान्त माया माझी नेकपा एमालेबाट वडा सदस्य प्रत्यासी हुनुहुन्थ्यो । उहाँ लगायत नेकपा एमाले परित्याग गरी बाह्रबिसे न।पा। वडा नं. ९ राम्चे का हिरा बहादुर तिमल्सिना रामकाजी पौडेल र बाह्रबिसे नगरपालिका वडा नं.  ८ जम्बु निवासी आइतमान माझी, संगिता माझी, विष्णु कुमारी अधिकारी माझी, सुकुमायाँ माझी, मंगल बहादुर माझी, सन्ते माझी र बाह्रबिसे नगरपालिका वडा नं. २ बाट संगिता कुइँकेल खड्का त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ पिस्कर हाल जम्बु निवासी रवि श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ । नव प्रबेशीहरुलाई नेपाली काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री माननीय मोहन बहादुर बस्नेतले नेपाली काँग्रेसको सदस्यता रसिद प्रदान गरी प्रवेश गराउनु भएको थियो । नेपाली काँग्रेस क्षेत्र नं.  १ का क्षेत्रीय सभापति एवम् बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेत, बाह्रबिसे नगरपालिका वडा नं. ८ वडा अध्यक्ष विमल प्रसाद पौड््याल ३ नं. का वडा अध्यक्ष जीवन भण्डारी, वडा नं. ४ का वडा अध्यक्ष शेखर भण्डारीले नव–प्रबेशी हरूलाई खादा माला अबिर लगाई स्वागतका साथ पार्टी प्रवेश गराउनु भएको हो । नव प्रबेशीहरुलाई स्वागत गर्दे माननीय मोहन बहादुर बस्नेतले इमानदारीताका साथ काम गर्नेलाई नेपाली काँग्रेसले सम्मान जनक स्थान दिने बताउँदै जनताको दुखमा साथ दिन सक्नु पर्ने बताउनु भयो ।