सम्पर्क

बाह्र्बिसेले मानायो हाजीरी प्रतियोगीताका साथ स्वयंसेविका दिवस

नेपालको बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी स्वयमसेवीका दिबस मनाइएको छ । यसरी मनाइने क्रममा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा फेअर मेड र महिला आत्मनिर्भरता केन्द्रको सहयोगमा महिला सामुदायिक स्वयंसेविका दिवस फरक र चेतनामुलक ढङ्गले मनाइएको छ । दिबसको अवसरमा मङ्सिर २० गते बिहिबारका दिन अन्तरवडा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका स्तरिय हाजिरजवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ।बाह्रबिसे नगरपालिका वडा न. १ देखि ९ सम्मका सबै ५८ स्वयंसेविकाहरुलाई सम्मान समारोह समेतको आयोजना गरिएको थियो। बाह्रबिसे नगरपालिका उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माका साथै अन्य कर्मचारी, स्वास्थ्यकर्मी, सहयोगी सस्थाका प्रतिनिधि र नगरपालिका भरिका स्वयंसेविकाको उपस्थिती रहेको थियो। हरेक वडाबाट ४÷४ जना स्वयंसेविकाको समूह बनाएर हाजिर जवाफ प्रतियोगिता आयोजना गरिएकोमा वडा न. ५ स्थित सिगार्चे आधारभूत स्वास्थ्य सेवा केन्द्रको टोली प्रथम भएको थियो। त्यसैगरी वडा न. ८ स्थित मानेश्वारा स्वास्थ्य चौकीको स्वयंसेविकाहरु द्वितीय तथा तृतीय स्थान वडा न. १ स्थित घोर्थली आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वयंसेविकाहरुले प्राप्त गरेको बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाका कार्यक्रम संयोजक सुदिप राज फुयालले जानकारी दिनु भयो । कार्यक्रममा विजेता टोलीलाई पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गर्दै नगर उप प्रमुख तामाङले स्थानीय स्तरमा हुने हरेक कामहरुको बारेमा महीला स्वयमसेवीकाहरुलाइ बढी जानकारी हुने भएकाले स्थानीय स्तरमा पर्ने समस्याहरुका बारेमा जानकारी लिएर समाधानका लागी लाग्न पर्ने बताउँनु भयो । यो कार्यक्रमले स्वास्थ्य सँग हरेक कुराको जानकारी समेत प्राप्त भएकोले कार्यक्रम धेरै राम्रो र उपलब्धी मुलक भएको बताउँनु भयो । उँहाले महीला मात्र होइन पुरुष हरुका बारेमा पनी चासो राख्दै स्वास्थ्य शिक्षा र खानेपानीका लागी आआफ्नो क्षेत्रमा समस्या देखीयो भने वडाकार्यलयहरुमा खबर गरेर समस्या समधानका लागी अगाडी बढ्नका लागी अनुरोध गर्नु भयो । कार्यक्रममा नगर–उपप्रमुख ले सम्पुर्ण सहभागी स्वयमसेविकाहरुलाइ आ–आफनो कार्य क्षेत्रमा राम्रोसँग कार्य गर्नुहुन अपिल गर्दै कार्यक्रम अहिले सम्मकै उत्कृष्ट भएको र सबै स्वयमसेविका हरुसंग एकै ठाँउमा भेट गर्ने मौका मिलेकोले फेयर मेड टिमलाइ धन्यबाद व्यक्त गर्दै सम्पूर्ण स्वयमसेविका हरुलाइ स्वयमसेविका दिवसको शुभकामना व्यक्त गर्नुभयो ।यसै गरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले नगर तँपाइ हामी सबैको हो हामी कर्मचारी हौ कर्मचारीले नगर सभाका निर्णयहरु कार्यन्वयन गर्नु पर्छ यसको दाइत्व स्वयमसेविकाको पनी हो भन्नु हुँदै आगामी ८३ साल भदौ २९ गते नगरले ५१सुची पुरा गरेर बालमेैत्रि पालिका घोषणा गर्ने नगरपालिकाको निर्णय भएको हुँदा उक्त निर्णय सफल बनाउँन महिला स्वयमसेविकाहरुको महत्वपुर्ण भुमिका हुने भएकाले यश तर्फ ध्यान दिएर काम गर्न अनुरोध गर्नू भयो ।   सो अबशरमा ६३ साल देखि सेवा र्गनु भएको महिला स्वयमसेविका गोमा पौडेलले उमेरका कारण सेवा प्रदान गर्न नसकेको भनी दिनुभएको राजीनामा स्वीकृत भएर बिदाई हुनु भएकोमा उँहालाइ सोही अबशरमा बिदाइ सम्मान समेत गरिएको थियो ।