तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा पुन प्रितम तामाङ गोले सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
सोमबार जिल्लाको सदरमुकाम चौतारामा सम्पन्न भएको शाखाको प्रथम अधिवेशनले उहाँलाई पुन अध्यक्षमा दोहोर्याएको हो । त्यसैगरी उपाध्यक्ष अश्मी स्याङ्याङतान, सचिव फूलमान तामाङ मोक्तान, सह–सचिव विपना तामाङ गोले, सह–सचिव आईसिंङ तामाङ, कोषाध्यक्ष सुरेन्द्र तामाङ, सदस्यहरुमा शर्मीला तामाङ गोले, प्रेम लामा, सागर तामाङ सर्वसम्मत चयन हुनुभएका छन् ।
