सम्पर्क

नेपाल भूतपुर्व सैनिक संघ बाह्रबिसेमा गोपाल जिरेल

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा गोपाल जिरेलको अध्यक्षतामा ११ सदस्यिय कार्यसमितीको चयन भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति एबम् बाह्रबिसे नगरपालकाका नगर प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र नेपाल भुतपुर्ब सैनिक संघका केन्द्रीय सदस्य भुपेन्द्र बहादुर थापाको बिशेष अतिथ्यतामा र नेपाली काँग्रेस नगर सभापती शम्भु तिमल्सिना तरुण दलका केन्द्रीय सदस्य नबिन श्रेष्ठ, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य हेमन्त श्रेष्ठ लगाएतको अतिथ्यतामा भएको भेलाले नेपाल भूतपूर्व सैनिक संघ बाह्रबिसे नगरपालिकाको प्रथम नगर अधिवेशन तथा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ भूतपूर्व सैनिक भेला सम्पन्न भएको हो । अधिबेशनले गोपाल जिरेललाई अध्यक्ष सचिब बिष्णु श्रेष्ठ ,कोषध्यक्ष गोकुल राउत,र सदस्यहरुमा जीत ब.पौडेल,रामशुन्दर राउत,बिष्णु बा. बस्नेत, प्रकाश बस्नेत, रण ब.भुजेल, मान ब. श्रेष्ठ , कुबेर रोक्का, टेक ब. बि.क रहनु भएको समिती गठन गरेको छ । यसैगरी सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ नेपाल भूतपूर्व सैनिक संघ क्षेत्रीय संयोजक बोधराज श्रेष्ठ, बाह्रबिसे नगर अध्यक्ष गोपाल जिरेल, सुनकोशी गापा कृष्णबहादुर बुढाथोकी , जुगल गापा पोष्टबहादुर थापा, लिसंखुपाखर गापा गोर्खा लामा, त्रिपुरा सुन्दरी गापा देवराज गुरुङ ,बलेफी गापा रामचन्द्र नेपाल ज्यूहरूको संयोजकत्वमा नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति चयन गरिएको, निर्वाचन अधिकृत तोयानाथ नेपालले जानकारी दिनुभयो ।
जित बहादुर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीको आशनबाटै बोल्दै बालकृष्ण बस्नेतले हरेक परिबर्तनका लागी नेपाली काँग्रेसलाई साथ दिएर सफल पार्न मुख्य भुमिका खेल्नेहरु मध्य भुतपुर्ब सैनीकहरु पनी भएकाले नेपाली काँग्रेसले भुतपुर्ब सैनिकहरुलाई पनि एकिकृत गर्दे उहाँहरुको सम्मानमा लागेको बताउँनु भयो । उहाँले परिबर्तानका लागी जसरी सहयोग गरेको छ यसको स्थाइत्वका लागी पनि पाटीलाई भुपु सैनिकको सल्लाह सुझाब को अबाश्यकता रहेकाले यो आबश्यक पुरा गर्न पनी यो समितीले महत्वपुर्ण भुमिका खेल्ने बताउँनु भयो । कार्यक्रम बाह्रबिसे नगरपालिकाको कबर्ड हलमा सम्पन्न भएको थियो ।