सम्पर्क

आज अन्तराष्ट्रिय अपाङ्गता दिवस

सगुन बस्नेत
आज अंग्रेजी महिनाको डिसेम्बर ३ तारिख आज अन्तराष्ट्रिय अपाङ्गता दिबस मनाइरहँदा यस लोकप्रिय समाचार दैनिकका प्रकाशक भएको कारण मेरो बिचार राख्न गएको छु । म २०५८ सालमा निजी बिद्यालयको कक्षा ४ को बिद्यार्थी हँु । त्यही बर्ष घरको छतबाट लड्नु भन्दा पहिले तपाइहरु जस्तै सपाङ्ग थिए अचानक म लड्न गए म लडेपछी बहोस् भएको अबस्थामा बाबा आमाले अस्पताल लैजाँदाको अबस्थामा मलाई २२ दिनसम्म बिना होस आइसीयुमा राखेर उपचार गर्नु हुने स्व. उपेन्द्र देवकोटा प्रती हार्दीक श्रद्धासुमन । हो म लडेको २२ दिन पछी होस आएको रे डा देबकोटाका अनुसार त्यती खेरसम्मको स्थितीमा उहाँले उपचार गरेको मध्य यस्तो अबस्थाका बिरामीमा सफलता पाएको पहीलो रे डाक्टरको मुखबाट सुनेको । म त्यसपछी करिब ६ महीनाको अस्पताल बसाईपछी ओछ्यानमा दिसापिसाब गर्ने अबस्थामा थिए बिस्तारै हरेक उपचारपछी म बसेर केही लेख्न सक्ने भए विस्तारै म फेरी पढ्ने इच्छामा रहेकाले खिकादेवी नेपाल, राजु पराजुली, चौतारा बहुमुखी क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दङ्गालज्युले मलाई पढ्नमा हौसला दिनुभयो । मेरा बाबा, आमा, दिदीबहीनीको चाहानालाई म आपाङ्ग भएपनि बुझने गर्थे । उहाँहरुको चाहाना र सर मिसको हौसलाले म बिस्तारै पढ्दै गए । म मेरो बाबालाई म पनी केही गर्छु भन्दा उहाँले सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित लोकप्रिय समाचार राष्ट्रिय दैनिक पत्रिका नामसारी गरिदिनु भयो । म प्रकाशक हुने सोभाग्य प्राप्त भयो । यसरी मेरो मनमा अब केही गर्नुपर्छ भनेर अगाढी बढ्न खोज्दा दुखको कुरा के हो भने संसारमा अपाङ्गता भएका ब्यक्तिहरुले गरेको उद्योगको सम्मान गरिन्छ । त्यसलाई प्राथमिकतामा राखिन्छ तर सिन्धुपाल्चोकमा कार्बाही गरियो । यसको प्रमाण हो लोकप्रिय समाचार दैनिक यो पत्रीका बर्गीकरणमा समेत स्तर बढाइनु पर्नेमा घटाइएको छ । राष्ट्रिय अपाङ्ग महासंघको सिफारिसलाई समेत लात हान्ने काम भएको छ । यसमा मलाई अति दुख लागेको छ । १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइने गरिएको छ । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी यो दिबश मनाइने हुँदा आजको दिनमा अपाङ्गता भएका ब्यक्तिहरुले गरेका साना ठुला कामहरुको प्रशंसा गर्दै सम्मान गर्ने गरिएको छ ।
हरेक काम गर्न सक्षम नागरिकले गर्न नसेकेका कामहरु अपाङ्गता भएका ब्यक्तिहरुबाट गरिएको हुन्छ । यसरी काम गर्नेहरुका लागि समाजले सम्मान गर्न सिक्नपर्छ । सिन्धुपाल्चोक जिल्लामा दैनिक पत्रिका प्रकाशन गर्न कठीनाई छ । यो अबस्थामा पत्रिका प्रकाशन गर्दे जाँदा साना ठुला समस्याहरु परेकै हो । यसको समाना गर्दे अगाडी बढेका छौ । पेशागर्नु सबै को अधिकार हो तर यँहा अधिकारबाट बञ्चित गराइने कोशिस भएको छ । यो पत्रीका खाशगरी कुनै राजनीती दलको मुख पत्रको रुपमा जान सकेन । यो स्वतन्त्र रुपले अगाडी बढ्ने प्रयास गर्यो यसको मुल्याङ्कन गर्दे गत बर्ष घरेलु तथा साना उद्योग कार्यलय बाट १थान कम्प्युटर ५० प्रतिशत अनुदानमा पायो । त्यस बाहेक म प्रकाशक अपाङ्गता भएको कारण कंही कतैबाट सहयोग भएन । राजनिती दलको मुख पत्र हुन नसकेपछी पत्रिकालाई हतोत्साहीत गरेर बन्द गराउँन पनी स्वयम समकक्षीहरु लागी परेकै हो । तर हामी निरन्तर प्रकाशित भइ रहेका छौ । हामी कुनै पनी हालतमा पछी पर्ने छैनौ । हो आज अपाङ्गता दिबसको अबशरमा म प्रकाशक अपाङ्गता भएका कारण यो लेख प्रकाशन गर्न लागेको छु । अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचना कालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरूले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् तर कसरी भयो भन्न सकिन्छ मैले प्रमाण पेश गरि सकेको छु । अपाङ्गताका नाममा हरेक क्षेत्रमा बजेट छ भनिन्छ, हरेक सहयोग आउँछ भनिन्छ तर कहाँछ ? मलाई थाहा भएन ,समावेशी र दिगो भविष्यको लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई विस्तार गरौं भन्ने नाराका साथ मनाइने अपाङ्गता दिबशले अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । अहिले अपाङ्गताका नामबाट सपाङ्गता भएकाहरुले फाइदा लिएको पाइन्छ । आज मनाइदै गरेको अपाङ्गता दिबशले अपाङ्गता भएकाहरुको अबवाजलाई हेर्ने हो की नेताहरुको आबजलाइ मान्ने हो हेर्न भने बाँकी छ । हो मलाइ शारिरीक कारणले अपाङ्गता देख्नेहरु मेरो मनबाट टाढा छैनन । मेरो पनि आत्मा छ म पनी नागरिक हुँ तपाइहरु जस्तो झै झगडा गर्न सक्दीन, अनी मेरो शरिरहरुकै कारण जताततै जान सकिन तर मेरो पनी आत्मा छ, मलाई पनि रहर लाग्छ मैले मेरो जिबीका धान्नका लागी गरेको पेशालाई बार हालेर बन्द गराउँने काममा लाग्नेहरुका लागि भरे तपाइका सन्तानको पनि अबस्था मेरो जस्तै होला । पृथ्बी गोलो छ प्रकृया सबैको एउटै हो । अन्तमा म अपाङ्गता दिबशको अबशरमा म जस्ता धेरै पिडीत हुन सक्छन ति पिडीतहरुको उद्धारका लागी दिबश मनाउँने सपाङ्गहरु लागी परुन् । अनी म जस्ताले गरेका काममा सके सहयोग गरुन नसके पेशा बन्द गराउँन नलागुन् भन्दै अपाङ्ग दिबशको शुधकामना सबैलाई ।