सम्पर्क

सिन्धुपाल्चोकमा मानव बेचबिखन विरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक। सुनिता फाउण्डेशनद्धारा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ६, तालामाराङमा मानब बेचबिखन बिरुद्धको सबालमा एक बिशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समुदायमा बढ्दै गएको मानवबेचबिखनको जोखिमलाई मध्यनजर गर्दै उक्त कार्यक्रममा स्थानीय महिला, पुरुष तथा किशोर–किशोरीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा मानब बेचबिखनको परिभाषा, मानब बेचबिखनको बद्लिदो स्वरुप,यसको परिभाषा र यसका कारणहरुबारे विस्तृत छलफल गरिएको थियो । विशेषगरी लैङ्गिक असमानता,भेदभाब, हिंसा र अवसरको अभावका कारण मानिसहरु कसरी जोखिममा पर्छन् भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो । साथै त्यसबाट बच्ने उपायहरुका बारेमा पनि सचेत गराइएको थियो । सुनिता फाउण्डेशन संस्थाका उपाध्यक्ष तोकमाई तामाङले समुदायमा मानब बेचबिखनका घटनाहरु न्यूनीकरण गर्न सबै सरोकारवालाहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता छलफलले समुदायका मानिसहरुमा बेचबिखन विरुद्द एकजुट हुने भावना जगाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागहिरुले यस्ता जनचेतनामूलक कार्यक्रमले आफूहरुलाई धेरै नयाँ कुरा सिक्ने अवसर प्राप्त हुने र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्ने माग गरेका थिए । त्यसैगरी मानव वेचबिखन विरुद्दको सबालमा समुदायमा सञ्चालित कार्यक्रम परियोजना अधिकृत संगिता नेपालीले सहजीकरण गर्नुभएको थियो ।