महामानव भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको अवसरमा इन्द्रावती गाउँपालिका–४, मुले गाउँमा संयुक्त आयोजनामा भव्य तथा शान्तिपूर्ण रूपमा शान्ति ¥याली सम्पन्न भएको छ। उक्त ¥याली इन्द्रावती–४ मुले गाउँस्थित छोर्टेनबाट सुरु भई भेडीचौर, नवलपुर हुँदै पुनः मुलेको छोर्टेनमा आई समापन गरिएको थियो। ¥यालीमा सोही वडाका वडाध्यक्ष, लामा गुरु, पत्रकारलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक भोजबहादुर तामाङका अनुसार विगत एक दशकदेखि मलेसियालाई कर्मथलो बनाउँदै आएका उनले मलेसियामा रहेका म्यानमार, श्रीलंका, थाइल्याण्ड, चिनियाँ तथा नेपाली समुदायले बुद्ध जयन्ती ¥याली गरी मनाएको देखेर नेपालमा पनि यसरी नै मनाउनुपर्ने प्रेरणाले यस वर्ष पहिलो पटक ¥याली आयोजना गरिएको बताएका छन्।