सम्पर्क

त्रिपुरासुन्दरी गाउँपालिकाले “त्रिपुरा उद्घाटन सप्ताह मनाउने

पृथ्वीजंग पाण्डे / पिस्कर
जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले मङ्सिर १९ गतेदेखि मङ्सिर २५ गते सम्म “त्रिपुरा उद्घाटन सप्ताह – २०८१“ मनाउने भएको छ । पालिका अध्यक्ष भक्तध्वज बोहराको अनुसार वडा न १ घोर्थली देखि वडा नं. ६ टेकानपुर सम्मका निर्माण सम्पन्न भएका विभिन्न भौतिक संरचनाको उद्घाटन गर्न लागिएको हो।पालिकाकै सान पालिकाको प्रशासकीय भवन समेत निर्माण सम्पन्न भएको छ । जस अनुसार मङ्सिर १९ गते घोर्थली स्वास्थ चौकीको पुर्व स्वस्थ मन्त्री माननीय मोहनबहादुर बस्नेतबाट समुदघाटन गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी मङ्सिर २० र २१ गते गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराबाट क्रमश चोकटी स्वस्थ चौकी र धुस्कुन स्वस्थ चौकीको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मङ्सिर २२ गते दाबी खोलामा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन पुर्व स्वस्थ मन्त्री मोहनबहादुर बस्नेत बाट गरिनेछ भने मङ्सिर २३ गते टेकानपुर स्वस्थ चौकीको उद्घाटन काङ्ग्रेस नेता भोला बोहराबाट गरिने कार्यक्रम तय भएको छ । त्यसैगरी मङ्सिर २४ गते तौथली स्वस्थ चौकीको उद्घाटन मुख्यमन्त्री बहादुर सिंह लामाबाट हुने छ । सप्ताहको अन्तिम दिन मङ्सिर २५ गते पालिकाको प्रशासकीय भवन वडा न ४ मा निर्माण सम्पन्न भएको छ, जसको उद्घाटन पुर्व स्वास्थ मन्त्री माननीय मोहनबहादुर बस्नेत बाट हुने छ । “त्रिपुरा उद्घाटन सप्ताह – २०८१“ मा उपस्थितिको लागि सम्पुर्ण सरोकारवालाहरुलाइ सादर निमन्त्रणा गरिएको छ ।