सम्पर्क

ब्रेकिङ न्युज २

हरेक धार्मीक मेलाले मानिसलाइ अनुशासित बनाउँछ ः नगर प्रमुख आइतमान तामाङ

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकाप्रमुख आइतमान तामाङले हरेक धर्मको आआफ्नै महत्व हुन्छ , अहीले श्री स्वस्थानीको मेला पनी शुरु भएको छ । माघ १ गते माघे संक्रान्ती पनी बिशेष चाड हो यि सबैको आआफ्नै महत्व छ यो सबै मेलाहरुले मानिसलाइ अनुशासित बनाइरहेको छ भन्नु भएको छ । उँहाले हरेक मठ, मन्दीरमा हेर्नुहोस लाइन बद्ध रुपले मानिसहरु अनुशासित भएर दर्शन गर्ने गरेको पाइन्छ यस्तो पबित्र स्थलहरुबाट सबैले पाठ सिक्न पर्ने बताउँनु भयो । उँहाले मेलम्ची नगरपालिका वडा नं. ९, ज्यामिरे, खड्काथोक भस्मेमा रहेको पुरातात्त्विक धार्मिक स्थल सातधारा (दुप्चेश्वर) मेलाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । माघ १गते नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र वडाध्यक्ष श्री किरणदीप खड्काको विषेश आतिथ्यतामा भएको कार्यक्रममा झाँक्री नाचले थप रौनकता प्रदान गर्नुका साथै जनता मावि स्काउट ट्रुपद्वारा स्काउट गीतमा मार्च प...

सेवा प्रवाह, पारदर्शी र सुशासनको लागि जिल्ला प्रशासन कार्यालयबाट गरिने कार्यमा कुनै कमी हुदैनः प्रजिअ थापा

ब्रेकिङ न्युज २, समाचार
सेवा प्रवाह, पारदर्शी र सुशासनको लागि जिल्ला प्रशासन कार्यालयबाट गरिने कार्यमा कुनै कमी नहुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भएको छ । उहाँले शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेको जबाफमा यस्तो बताउनु भएको हो । नागरिकता प्रमाण पत्र दिँदा पहिचान नखुलेकाको लागि पहिचानका लागी प्रहरी सर्जमिन आवश्यकता भएकोले त्यस्ताका लागी सार्वजनिकको लागि प्रहरीमा पठाउने गरिएको बताउनु भयो । थापाले नागरिकता राष्ट्रिय परिचयपत्र लगाएको सेवाको लागि विभिन्न स्थानीय तहमा शिविर चलाउनको लागि आवश्यक समन्वय भइराखेको, विपद् व्यवस्थापनमा निरन्तर जिल्ला प्रशासन कार्यालयले काम गरिरहेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यलयद्धारा आयोजित उक्त कार्यक्रममा कार्यालयमा नै निःशुल्क रूपमा फारम भर्नको लागि प्रयास भइरहेको र छिट्टै नै त्यसको व्यवस्था हुने जानकारी दिनु हुँदै जिल्...

अन्तराष्ट्रिय नेपाली समाज कतारको चौथौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजाराम शाही सर्वसम्मत

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक,कतार अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्तिको चौथो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । डा. बाबुराम भट्टराई समर्थकका रुपमा रहेको समाजको अधिबेशन अध्यक्ष राजाराम शाहीको सभापतित्व तथा समाजका उत्प्रेतक तथा सघिंय परिषद सदस्य बुधबल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा राजाराम शाही निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोज कुमार महतो, रामचन्द्र गिरी, महिला उपाध्यक्षमा ललिता बोहरा, महासचिवमा नवीन निरौला,सचिबमा नर बहादुर गुरुङ, रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह–कोषाध्यक्षमा प्रेम कुमार गुरुङ निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन...

आगमी माघ २६ गते पाँचौ लिस्तिकोट दुगुनागढी माउन्ट ट्रेल रेस हुने

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
आगमी माघ २६ गते ‘पाँचौं लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस २०८१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी रेस सञ्चालन गर्ने भएको हो । आज (शनिबार) गणको कार्यालय चौतारामा पत्रकार भेटघाट कार्यक्रम गर्दै पाँचौं लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ । इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा साहसिक खेलकुदको बिकास तथा शैनिक नागरिकको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले आगामी माघ २६ गते उक्त रेस सञ्चालन गर्ने गणका खेल संयोजक सेनानी अनिलकुमार बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार भोटेकोशी गाउपालिका–३ ड्राइपोटदेखि लिस्तिकोट हुँदै दुगुननगढीसम्म २४.५ किलोमिटर दौड प्रतियोगिता हुनेछ । अल्ट्रा म्याराथुन २४.५ लम्बाइ रहेको दौडको लागि माघ १५ गतेसम्म सहभागील...
कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माध्या सकराटी” मनाईदै

कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माध्या सकराटी” मनाईदै

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” नयाँ बर्षको अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा मनाइने भएको छ । “सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रम मनाउन लागेको हो । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आगामी जनवरी सत्र तारीख अबु हमुर स्थित ईन्डियन आईडियल स्कुलको सभाहलमा भब्यताका साथ मनाउने तयारी भईरहेको र कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर कतार आउने संघका अध्यक्ष रेशम आले मगरले जानकारी दिनुभयो । अतिथि कलाकार गायिका लामिछानेका मञ्जुरी, बैना रुमाल, फुल फुलेर पहेलै, बनैमा फुल बसायो, तिम्रो सम्झना जस्ता हिट गितहरु बजारमा चर्चाको शिखर चुलीमा छन् । लामिछानेको बिशेष सांगीतिक प्रस्तुतिको साथमा न...

बाह्रबिसेले बालमैत्री नगर निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछ ः नगरप्रमुख बस्नेत

ब्रेकिङ न्युज २, समाचार
बाह्रबिसे नगरपालिकाले नगर स्तरीय बाल सञ्जाल समिति गठन गरिएको छ । बिहिबार कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बाह्रबिसे नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकाले बाल अधिकार संरक्षण र बालमैत्री नगर निर्माण लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने कुरा व्यक्त गर्नुभयो । बालमैत्री नगरपालिका आफैँमा व्यवहार र वातावरण भएको बताउदैं सबैले जिम्मेवारी बोधका साथ बालमैत्री नगर निर्माणको लागि सहयोग गर्न आग्रह समेत गर्नुभयो । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापाले बालबालिका भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार समेत भएको बताउनुभयो । कार्यक्रमको सभापतित्व गरिरहनुभएका नगर उपप्रमुख मन्जु तामाङले बालमैत्री स्थानीय शासन अन्तरगत नगरमा बाल मैत्री नगर घोषणा गर्नका लागि वडा स्तरीय बाल सञ्जाल गठन गर्दै बालमैत्री वडा घोषणा गर्न लागेको बताउँनु भयो । उहाँले बालबालिकाको हकहितका...
मंगलामाई माबिले मनायो ६३औं वार्षिकोत्सव

मंगलामाई माबिले मनायो ६३औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.४ पिस्करमा रहेको मंगलामाई माबिले आफ्नो स्थापनाको ६३औं वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिवार भब्यरुपमा मनाएको छ । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले त्रिपुराको बिकासमा कुनै कसर बाकी नराख्ने र दीर्घकालीन बिकास निर्माणका कार्यक्रम द्रुतगतिमा अगाडि बढेको बताउनु भयो । विद्यालयले घटदै गएको विद्यार्थी हरुको संख्या बढाउन गुणस्तरीय शिक्षा दिलाउन लागी पर्न अनुरोध गर्नुभयो । विद्यालयको समस्या हल गर्न पालिका लागिपरेको चर्चा गर्दै थप सहयोगको कार्यक्रम कार्यन्वयन हुने क्रममा रहेको बताउनु भयो।अध्यक्ष बोहराले अभिभावकसँग आफ्नो बालबच्चाको खानपिन देखि लिएर शिक्षा दिक्षामा चासो दिइ लागि पर्न समेत अनुरोध गर्नुभयो । विद्यालयको गुणस्तर र काम कार्वा...

कतारमा दार्शनिक डा.योगी बिकाशानन्द आउने

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार “आफ्नो लागि साधना अरूको लागि सेवा”, “संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ”, भन्ने मूल नाराका साथ विकाशानन्द फाउन्डेसन विश्व परिवार कतारको आयोजनामा “योग साधना“ कार्यक्रम हुने भएको छ । जीवन योग प्रयोगशाला दोहा, कतारको सहकार्यमा आगामी फेब्रुअरी २१ तारिक का दिन श्रद्धेय डा. योगी विकाशानन्द र माता कमलेश्वरी आनन्दको साथमा दोहाको प्लाजा इन होटेलमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा डा विकासानन्द द्वारा एक दिवसीय मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, खुसी हुने कला र तनाव व्यवस्थापन साथै व्यक्तित्व विकास र सकारात्मक जीवनशैली सम्बन्धी विशेष प्रशिक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो समय कतारमा रहेका थुप्रै नेपालीहरूमा देखा परेका डिप्रेसन, एन्जाईटी, अनिन्द्रा लगायतका समस्याका व्यक्तिलाई गुरु देव र गुरु आमाको सहजीकरणमा कसरी खुसी हुने, मा...

बालविवाह न्युनिकरण र रोकथामका लागि जिल्ला स्तरीय छलफल

ब्रेकिङ न्युज २, समाचार
दिपक खत्री बिहे गर्ने उमेर नपुगी अर्थात् शारीरिक र मानसिक रूपमा सबल हुन नपाई कम उमेरमा समाजमा अझै बालविवाह गर्ने क्रम नरोकिएको तथ्य उजागर भएको छ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंगलबार जिल्ला स्तरीय सरोकारवालाहरु सँग बालविवाह न्युनिकरण तथा रोकथाम सम्बन्धी गरीएको अन्तरक्रियामा सरोकारवालाले कानुनले मात्रै बालविवाह हटाउन नसक्ने बताउदै सचेतना अझ बढाउनुपर्ने तर्क गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको समन्वयमा ग्रामीण महिला सिर्जनशील परिवार र आदिवासी जनजाती महिला उत्थान केन्द्र सिन्धुपाल्चोकको आयोजनामा भएको जिल्ला स्तरको छलफल कार्यक्रममा समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोग लगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको निस्कर्ष निकालिएको हो । कार्यक्रमको सहजिकरण गर्दै सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमा शंकर यादवले ७४ स्थानमा भएको प्रहरी...

क्यान्सर पीडित सुनारलाई एक लाख आर्थिक सहयोग

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार “बाँके बासीको पहिचान,समुन्नत समाजको निर्माण” भन्ने मुल नाराका साथ कतारमा सन् २०१६ मा स्थापना भएको बाके सेवा समाजले गृह जिल्लाका क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । बिगत लामो समय देखि क्यान्सर जस्तो घातक रोगबाट ग्रसित बाके जिल्ला खजुरा गाउपालिका वडा नं. ६ निवासी क्यान्सर पीडित नगेन्द्र सुनारलाई बाँके सेवा समाज कतारले एक लाख एक सय दश रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो । समाजका अध्यक्ष गोबिन्द जङ्ग शाह र महासचिव गुमान सिहं खत्रीको पहलमा कतारलाई कर्म थलो बनाईरहेका बाकेबासीहरु बाट उठेको सकंलित रकम बाके जिल्ला खजुरा गाउँ पालिकाका वडा अध्यक्ष,स्थानीय समाजसेवी तथा बार्षिक बिदामा रहेका समाजका कोषाध्यक्ष ओम खत्री र सदस्य टेक सुनारले पिडितलाई उक्त रकम हस्तान्तरण गरेको समाजले जनाएको छ । रकम हस्तान्तरण पश्रांत पिडितले दुखमा साथ दिएको भन्दै समाजलाई धन्यवाद व...