सम्पर्क

अन्तराष्ट्रिय नेपाली समाज कतारको चौथौ अधिवेशन सम्पन्न, अध्यक्षमा राजाराम शाही सर्वसम्मत

दर्शन सुनार/लोकप्रिय दैनिक,कतार
अन्तर्राष्ट्रिय नेपाली समाज कतार नयाँ शक्तिको चौथो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । डा. बाबुराम भट्टराई समर्थकका रुपमा रहेको समाजको अधिबेशन अध्यक्ष राजाराम शाहीको सभापतित्व तथा समाजका उत्प्रेतक तथा सघिंय परिषद सदस्य बुधबल गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको बन्द शत्रबाट आगामी कार्यकालका लागी अध्यक्षमा राजाराम शाही निर्विरोध निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोज कुमार महतो, रामचन्द्र गिरी, महिला उपाध्यक्षमा ललिता बोहरा, महासचिवमा नवीन निरौला,सचिबमा नर बहादुर गुरुङ, रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह–कोषाध्यक्षमा प्रेम कुमार गुरुङ निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पुर्ण बहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित बि.क, बसिर रैन, सुर्य बहादुर गुरुङ, श्रवण महतो रहेका छन् । नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण समाजका उत्प्रेतक बुधबल गुरुङले गराउनुभएको थियो ।
शुक्रबार ग्राण्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशन बिधिगत रुपमा कार्यक्रमका सभापति तथा प्रमुख अतिथी लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरुले सानो बिरुवामा पानी हालेर कार्यक्रमको समुद्धघांटन गरिएको थियो । अधिवेशनमा भट्टराई समर्थक, आस्थावान लगायत कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
समाजको अधिवेशनमा विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । सामाजिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले सामाजिक संस्थामा राजनीति नगर्न कतारमा रहेका राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुलाई आग्रह गरिरहदा राजनितिक दलहरुले भने आफूहरु ठिक भएको र अरु गलत रहेको जिकिर गर्नुभयो । केही सामाजिक तथा अग्रज ब्यक्तित्वहरुले राजनीति मार्फत श्रमिकका मुद्धा नउठेको र उठाउन आग्रह गर्दै यदि राजनितिज्ञ नसुध्रिए कलम मार्फत सुधार्ने चेतावनी समेत दिनुभयो । अधिकांश वक्ताहरुले बैचारिक संस्थाको आलोचना गर्न पछी परेनन भने बैचारिक संस्थाका तर्फबाट बोल्ने बक्ताहरुले आफ्नो संस्थाको बचाउ गर्दै अरुलाई हिलो छ्याप्नमै धेरै समय खर्चिए । अधिकाशं समय श्रमिकका मुद्धा श्रमिकका हितमा भन्दा एक अर्कालाई आरोप प्रत्यारोप गर्न र आफ्नो बचाउ गर्न राजनितिक दलका आस्थावानहरु लागीरहे । केहि वक्ताहरुले कतारमा रहेका श्रमिकहरुलाई बिशेष गरी सामाजिक सुरक्षा कोष,श्रम नविकरण, बिधिगत प्रणाली मार्फत डिम्याट खाता कसरी खोल्ने भन्ने बिषयमा सजग गराउदै सचेतना तथा प्रशिक्षण गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । कतारमा रहेका सबै श्रमिकहरुलाई डिम्याट खाता आवश्यकता रहेको बताउदै नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई दिएको आईपियो कोटा अनिवार्य भर्न र तीन महिना पहिले नै श्रम नविकरण गर्न समेत आग्रह गर्नुभयो ।
चर्काचर्की र घोचपेचमै सकिएको अधिबेशनको अन्त्यम बोल्दै प्रमुख अतिथी गुरुङले नेपाल समाजवादी नयाँ शक्ति पाटीले आफुलाई पाटीको सघियं परिषद सदस्य, महाधिवेशन आयोजक समिति, कतार ईजरायल र साईप्रसको उतप्रेरकको जिम्मेवारी दिएको बताउनु भयो । गुरुङले आगामी दिनमा कतारमा स्थापित बैचारिक सगंठन सगं हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता जाहेर गर्दै चौथो अधिवेशनबाट आउने नयाँ कार्यसमितिले कतारमा रहेका नेपाली श्रमिकहरुका हक र हितका लागी कतारमा स्थापित विभिन्न संघ सगंठन सगं मिलेर अगाडी बढ्ने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक नविन निरौलाले स्वागत मन्तव्य राखेको अधिवेशनको खुल्ला सत्रको समापन गर्दै सभापती शाहीले हामी सबैको लक्ष्य समाजवादमा पुग्ने भएकोले मिलेर अगाडी बढनु पर्ने बताउदै समाजलाई पुनर्गठनदेखि आजसम्मको यात्रामा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमलाई समाजका प्रवक्ता धुर्व क्षेत्रीले सहजिकरण गर्नुभएको थियो ।