सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३ मा बिजुलीको पोलमा चडेर बिजुलीको लाइन मिलाउँने क्रममा एकजना श्रमीकको ज्यान गएको छ ।
हामीलाई प्राप्त समाचार अनुसार दिउसो १२ बजेदेखी करेन्ट बन्द भएपछी बिजुली चेक जाँच गर्ने क्रममा एक्कासी लाइन आएपछी बाह्रबिसेमा पोलमा चढेका श्रमीकको निधन भएको हो । मर्मत गर्दैे गरेको अबस्थामा करेण्ट लागेको स्थानीयहरुको भनाई रहेको रेडियो लोकप्रिय नेत्रज्योतीका कर्मचारी नमुना बिकले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको सनाखत हुन सकेको छैन । स्थानीयहरुको अनुसार मृतकको घर मकावनपुर जिल्ला भएको बताइएको छ । यसको वास्तविकता भने प्रहरीले अनुसन्धान गरिरहेको हुँदा अनुसन्धान पछी मात्र थाहा हुनेछ ।
