दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
“बाँके बासीको पहिचान,समुन्नत समाजको निर्माण” भन्ने मुल नाराका साथ कतारमा सन् २०१६ मा स्थापना भएको बाके सेवा समाजले गृह जिल्लाका क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ ।
बिगत लामो समय देखि क्यान्सर जस्तो घातक रोगबाट ग्रसित बाके जिल्ला खजुरा गाउपालिका वडा नं. ६ निवासी क्यान्सर पीडित नगेन्द्र सुनारलाई बाँके सेवा समाज कतारले एक लाख एक सय दश रुपैयाँ आर्थिक रकम सहयोग गरेको हो । समाजका अध्यक्ष गोबिन्द जङ्ग शाह र महासचिव गुमान सिहं खत्रीको पहलमा कतारलाई कर्म थलो बनाईरहेका बाकेबासीहरु बाट उठेको सकंलित रकम बाके जिल्ला खजुरा गाउँ पालिकाका वडा अध्यक्ष,स्थानीय समाजसेवी तथा बार्षिक बिदामा रहेका समाजका कोषाध्यक्ष ओम खत्री र सदस्य टेक सुनारले पिडितलाई उक्त रकम हस्तान्तरण गरेको समाजले जनाएको छ । रकम हस्तान्तरण पश्रांत पिडितले दुखमा साथ दिएको भन्दै समाजलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
कृष्णसार टेलीभिजनका संचारकर्मी कृष्ण अधिकारीले पिडितलाई सहयोगको निम्ति लामो समय देखि सञ्चार माध्यमबाट अपिल गर्दै आर्थिक रकम समेत सहयोग गरेका छन् । बिरामी हाल भरतपुर क्यान्सर हस्पिटल भरतपुरमा थप उपचार गराईरहेका छन् । बिरामीको घरको आर्थिक अवस्था निकै कमजोर भएकै कारण बिरामीको श्रीमती वैदेशिक रोजगारीको शिलशिलामा कुवेत रहनुभएको छ । मुखको क्यान्सर जस्तो घातक रोगले लाखौं ऋणमा डुबेको हुँदा पिडितका परिवारले थप सहयोगको अपिल समेत गरेका छन् । बिरामीलाई सहयोग गर्न चाहनेले बिरामीको कुमारी बैंकको खाता नम्बर १५७०३१९०४१३००००१ मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बिरामी सुनारलाई ९७६९९५६८१९ मा सम्पर्क गर्न सकिनेछ । पीडितका घरमा आमा र दुई छोरा र एक छोरी रहेका छन् ।
