लोकप्रियसमाचार सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालद्धारा ७०बर्षे बृद्धको आन्द्राको सफल शल्यक्रिया गरेको छ । अस्पतालका अनुसार यसअघि आन्द्रामा गम्भीर समस्या (प्वाल परेको) भई आकस्मिक शल्यक्रियापश्चात दिशा निष्कासनका लागि कृत्रिम थैली Colostomy Bag) को प्रयोग गर्दै आउनु भएका ७० बर्षिय एक बिरामीको मिति २०८३ साल असोज २८ गते का दिन तल्लो र माथिल्लो आन्द्रालाई सफलतापूर्वक पुनः आपसमा जोडी (Anastomosis) पूर्ववत् सामान्य अवस्थामा फर्काउने जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।उक्त जटिल तथा संवेदनशील शल्यक्रियाको सफलतासँगै बिरामी अब कृत्रिम थैलीबाट पूर्ण रूपमा मुक्ति पाउन सफल हुनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले पूर्ण रूपमा सामान्य र सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।
