पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.४ पिस्करमा रहेको मंगलामाई माबिले आफ्नो स्थापनाको ६३औं वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिवार भब्यरुपमा मनाएको छ । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले त्रिपुराको बिकासमा कुनै कसर बाकी नराख्ने र दीर्घकालीन बिकास निर्माणका कार्यक्रम द्रुतगतिमा अगाडि बढेको बताउनु भयो । विद्यालयले घटदै गएको विद्यार्थी हरुको संख्या बढाउन गुणस्तरीय शिक्षा दिलाउन लागी पर्न अनुरोध गर्नुभयो । विद्यालयको समस्या हल गर्न पालिका लागिपरेको चर्चा गर्दै थप सहयोगको कार्यक्रम कार्यन्वयन हुने क्रममा रहेको बताउनु भयो।अध्यक्ष बोहराले अभिभावकसँग आफ्नो बालबच्चाको खानपिन देखि लिएर शिक्षा दिक्षामा चासो दिइ लागि पर्न समेत अनुरोध गर्नुभयो । विद्यालयको गुणस्तर र काम कार्वाहीबारे खुसी ब्यक्त गर्दै अझै अगाडि बढ्न प्रेरित समेत गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको हो ।
अभिभावक भेलामा शिक्षक नृत्य ,विद्यार्थीहरुको नृत्यले कार्यक्रमको रौनक थपेको थियो । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष लालबहादुर श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवा, वडा नं. ४ पिस्करका वडा अध्यक्ष टेक बहादुर गुभाजु ( विजय ), वडा वडा न २ चोकटीका वडा अध्यक्ष रमेश राउत ,वडा न ३ धुस्कुनका वडा अध्यक्ष शिवकुमार कार्की, वडा वडा नं. ६ टेकानपुरका वडा अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा, वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा , कार्यपलिका सदस्यहरु, वडा सदस्य लगायतका जनप्रतिनिधिहरु अभिभावक , विद्यार्थीको बाक्लो उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा एस.एल.सी टपर, एस.इ.इ टपर विद्यार्थी लगायत विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम पुर्व विद्यार्थी उज्वल सापकोटाले १२ जना विद्यार्थीहरुलाई झोला स्टेसनरी सहितको छात्रवृत्ति वितरण गर्नुभएको थियो । साप्ताहिक खेलकुदमा बिजेता खेलाडी लाई मेडल सहित पुरस्कार गरिएको थियो भने वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । गतबर्ष कक्षा १२ को एस एल सि परीक्षामा सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल शिक्षक द्वय पृथ्वीजंग पाण्डे (सामाजिक तथा जिवनोपयोगी शिक्षा) र अम्बादत्त पन्त (व्यावसाय) तथा कक्षा १० को एसइइ परीक्षामा सतप्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल शिक्षक मानकुमार थामी ( सामाजिक )र सुनिता कार्की ( ऐ.गणित )लाई सम्मान गरिएको थियो।वडा अध्यक्ष टेकबहादुर गुभाजुले एस इ इ परीक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई प्रती विद्यार्थी जनही रु २५ सय नगद र स्टेसनरी सामग्री सहित सम्मान समेत गर्नुभएको थियो ।

