दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
कतारमा मगरहरुको प्रमुख राष्ट्रिय चाड “माघ्या सकराटी” नयाँ बर्षको अवसरमा नेपाल मगर संघ शाखा कतारको आयोजनामा मनाइने भएको छ ।
“सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित बनभोज तथा बिविध साँस्कृतिक कार्यक्रम मनाउन लागेको हो । बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि आगामी जनवरी सत्र तारीख अबु हमुर स्थित ईन्डियन आईडियल स्कुलको सभाहलमा भब्यताका साथ मनाउने तयारी भईरहेको र कार्यक्रमका लागि नेपालबाट अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर कतार आउने संघका अध्यक्ष रेशम आले मगरले जानकारी दिनुभयो ।
अतिथि कलाकार गायिका लामिछानेका मञ्जुरी, बैना रुमाल, फुल फुलेर पहेलै, बनैमा फुल बसायो, तिम्रो सम्झना जस्ता हिट गितहरु बजारमा चर्चाको शिखर चुलीमा छन् । लामिछानेको बिशेष सांगीतिक प्रस्तुतिको साथमा नेपाल मगर सांस्कृतिक परिवारका कलाकारहरुको बेजोड प्रस्तुतिहरु सालैजो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या सगैं कतारमा रहेका अन्य स्थानीय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक कुमार राहादी मगरले बताउनु भएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ कतारको मातहतमा रहेका विभिन्न मातृं संस्थाहरुको जातियता झल्काउने सामुहिक नृत्य,सगैं आदिवासी जनजातीहरुको कला संस्कृति भाषा पहिचान सगैं जनजाती बिचको सम्बन्धलाई थप समधुर प्रगाढ बनाउन महत्त्वपूर्ण भुमिका रहने कार्यक्रमका सह–संयोजक गंगा बुढा मगर बताउनुहुन्छ । कार्यक्रममा सहभागी हुन चाहनुहुने दर्शकहरुको लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको समेत ब्यवस्थापन गरिएको संघले जनाएको छ । यातयातको सहजीकरणको लागी यातयात संयोजक मोतिलाल बुढा मगर ३०१३९०८७ र सह संयोजक नेत्र थापा मगर ३३८५८५६५ मा सम्पर्क गर्न सकिने ब्यवस्था रहेको छ । कतारमा स्थापित विभिन्न संघसंस्थाहरु, सामाजिक व्यक्तित्व, बुद्धिजीवी, सामाजिक अभियन्ता,कलाकार तथा पत्रकारहरुलाई कार्यक्रम सरिक भएर भब्य रुपमा सफल बनाईदिन नेपाल मगर संघ शाखा कतारले अनुरोध समेत गरेको छ । लोकप्रिय समाचार राष्ट्रिय दैनिक समेत उक्त कार्यक्रमको सहयोगी मिडियाको रुपमा रहेको छ ।
