जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । बाह्रबिसे नगरपालिकामा बिहिबार लागु औषध बिरुद्धमा बिभिन्न नाराहरुका साथ बजार परिक्रमा गरेर कवर्डहलमा गई लागु पदार्थ बिरुद्धको सचेतना कार्यक्रम गरेको हो । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको बिशेष अतिथ्यतामा यो कार्यक्रम भएको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय तथा सुरक्षा निकायका प्रमुखहरु बाह्रबिसे नगरपालिकाका कार्यपालिकाका पदाधिकारीहरु वडा अध्यक्षहरु बिद्यार्थी शिक्षक अभिभावकहरुको उपस्थिती रहेको थियो ।
