सम्पर्क

बाह्रबिसे नगरले गठन ग¥यो नगर स्तरीय महिला सञ्जाल

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको नगर स्तरीय महिला सञ्जाल गठन गरिएको छ । बिहिबार बाह्रबिसे नगरपालिकाको नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा, बाह्रबिसे नगरपालिकाका उपप्रमुख मञ्जु तामाङको सभापतित्वमा नगरपालिका स्तरीय महिला सञ्जाल गठन गरिएको हो ।
विभिन्न वडाहरुमा गरिएको वडास्तरीय सञ्जालहरुको प्रतिनिधित्व हुने गरी मिनु बस्ेतको अध्यक्षतामा १२ सदस्यीय सञ्जाल गठन भएको छ ।
सञ्जालको उपाध्यक्षमा सानु थापा, सचिव शुभलक्ष्मी तामाङ, कोषाध्यक्ष लकमाया तामाङ, सह–सचिव दासाङ्मु शेर्पा र सह–कोषध्यक्ष सर्मिला पराजुली रहनुभएको छ । यसैगरि सदस्यहरुमा कविता विक सानुमाया विक, चरि नेपाली, गणेश कुमारी रिसाल, लक्ष्मी श्रेष्ठ र तुलसीमाया श्रेष्ठ रहनुभएको छ । उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु तामाङले महिलाको हकहितका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै उहाँले हरेक समस्या आफूलाई फोन गरेर जानकारी गराए समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । उँहाले महिलाहरुको हक हितका लागी गठन भएको सञ्जालले महिला बिकासका लागी बिशेष काम गर्ने बताउँनु भयो । यस्तै नगरप्रमुख बालकृष्ण बस्नेतले सञ्जालको भूमिका ठूलो भएको बताउँनु भयो र उहाँले जघन्य अपराधलाई मेलमिलाप गराउने वा त्यही समाधान गर्न खोज्न नहुने बताउनुभयो । बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोग र लोकप्रिय समाचारको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।