सम्पर्क

हरेक धार्मीक मेलाले मानिसलाइ अनुशासित बनाउँछ ः नगर प्रमुख आइतमान तामाङ

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाकाप्रमुख आइतमान तामाङले हरेक धर्मको आआफ्नै महत्व हुन्छ , अहीले श्री स्वस्थानीको मेला पनी शुरु भएको छ । माघ १ गते माघे संक्रान्ती पनी बिशेष चाड हो यि सबैको आआफ्नै महत्व छ यो सबै मेलाहरुले मानिसलाइ अनुशासित बनाइरहेको छ भन्नु भएको छ । उँहाले हरेक मठ, मन्दीरमा हेर्नुहोस लाइन बद्ध रुपले मानिसहरु अनुशासित भएर दर्शन गर्ने गरेको पाइन्छ यस्तो पबित्र स्थलहरुबाट सबैले पाठ सिक्न पर्ने बताउँनु भयो । उँहाले मेलम्ची नगरपालिका वडा नं. ९, ज्यामिरे, खड्काथोक भस्मेमा रहेको पुरातात्त्विक धार्मिक स्थल सातधारा (दुप्चेश्वर) मेलाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । माघ १गते नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र वडाध्यक्ष श्री किरणदीप खड्काको विषेश आतिथ्यतामा भएको कार्यक्रममा झाँक्री नाचले थप रौनकता प्रदान गर्नुका साथै जनता मावि स्काउट ट्रुपद्वारा स्काउट गीतमा मार्च पास गरिएको थियो । श्री सातधारा (दुप्चेश्वर) महादेव मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष एवम् निवर्तमान वडाध्यक्ष श्री कमल बहादुर खडकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कपिलेश्वर ऋषि मुनिले तपस्या गरेको आस्था र विश्वास रहेको पवित्र भूमि उक्त महादेव मन्दिर प्राङ्गणमा मकर संक्रान्तिको अवसरमा नियमित मेला लाग्ने गर्दछ। मेलालाई व्यवस्थित र भव्य बनाउन यस बर्ष वडाभित्र रहेका ६ वटा विद्यालयले विविध खालका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।