सम्पर्क

सस्कार सस्कृतीलाइ भत्काउँदैमा परिबर्तनकारी भन्न सकीदैन ः बस्नेत

 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री मोहन बहादुर बस्नेतले पुर्खा देखी चली आएको सस्कार सस्कृती र परम्परालाइ भत्काउँदैमा परिबर्तनकारी भन्न नमील्ने बताउँनु भएको छ । उँहाले लोकेश्वरी महादेव मेला साँस्कृतिक कार्यक्रम संयोजक समिती मेलम्ची ३ हैबुङ द्वारा आयोजित लोकेश्वरी महादेव मेला तथा साँस्कृतिक कार्यक्रम एवम प्रथम हैबुङ महोत्सव २०८१मा प्रमुख आतिथ्यताको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । बस्नेतले यस्ता पर्बहरुलाइ ब्यबस्थित र मर्यादति बनाउदै समयानुकुल सञ्चालान गरेर स्थानीय पर्यटकीय स्थललाइ बिश्व सामु चिनाउँनकाम गर्नलाइ प्रोत्साहन दिन पर्ने बताउँनु भयो। उँहाले यस्ता कार्यक्रमले विकास निर्माण तथा संस्कार संस्कृति लाई संरक्षण गर्न मद्दत समेत गर्ने बताउनुभयो ।      उहाँले आफू निर्वाचित भै सके पछी बिकास निर्माणमा होस विपदमा होस समयमानै पुगेको बताउनुभयो । प्रमुख अतिथी बस्नेतले हैबुङमा संचालित क्षेत्रीय अस्पताल संचालनमा आए पनि नगरपालिका र आफु स्वास्थ्य मन्त्री भएपछी भएको सहमती कार्यन्वयन नभएको बताउनुभयो । उहाँले आफू निर्वाचित भएपछि एउटा वडामा २९ वटा योजना सम्म पारेको दावी गर्नुभयो । जुन नेता आएर भाषण मात्र गरेर जनताको कुरा सुन्दैन त्यो कहिले पनि नेता हुन सक्दैन भँदै बस्नेतले यो निर्वाचन क्षेत्रमा विकास सुरु भएको छ यसलाई निरंन्तरता दिदैँ यस्को निचोड पनि आफैले निकाल्ने बताउनुभयो । उहाँले आफू निर्वाचित भए पछि यो जिल्लामा मात्र ४९ वटा स्वास्थ्य चौकी भवन बनेको दावी गर्नुभयो । उहाँले यहाँका जनताको आय श्रोतमा मद्दत विकासले नै गर्ने भएकाले विकास निर्माणमा सबै एक जुट भएर लाग्न आग्रह गर्नुभयो । यो धार्मिक र साँस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्पुर्ण आयोजक प्रती धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवम बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले हैबुङ वासिलाई विकास निर्माणमा जति चिन्ता छ त्यो भन्दा धेरै आफुलाई रहेको बताउनुभयो । उहाँले गत आर्थीक बर्षमा आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै बजेट बिनियोजन गरेको दावी गर्नुभयो । उहाँले हामी निर्वाचनमा आउँदा फरक फरक पाटी बाट प्रतिनिधित्व गरेपनी निर्वाचन जिति सके पछि हामी साझा ब्यक्ती हुँदै जस्ले गरेपनी विकाश निर्माणमा हातेमालो गर्न आग्रह गर्नुभयो । तामाङले प्रदेश सरकारले घोषणा गरेका २०० वटा भन्दा बढी सडकमा यो जिरोकिलो हैबुङ सडक पनि रहेको भन्दै यो सडक चाँडैनै स्तरोन्नतिको कार्य अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बिकास निर्माण मा सबै युवा हरु एक ढिक्का भएर लाग्न अनुरोध गर्नुभयो ।त्यस्तै कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले यो पवित्र भुमिमा जुन संस्कृती जोगाउन लागि पर्नुभएको छ त्यसका लागि सम्पुर्ण आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो पबित्र भुमिको संरक्षण गर्न आबश्यक रहेको भन्दै मेलम्ची नगरपालिका बाट यसलाई बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उप प्रमुख प्रधानले नगरपालिका भित्रका साना योजना नगरपालिकालेनै बजेट बिनियोजन गर्न सक्ने भन्दै अलि ठूलो योजनामा संघ र प्रदेश बाट बजेट बिनियोजन गर्न आग्रह गर्दै मेलम्ची नगरपालिका र हैबुङ लाई पर्यटकिय गन्तब्य बानाउन आग्रह गर्नुभयो । उहाँले हामिले साँचैनै नगरपालिका लाई समृद्धि बनाउनु छ भने साना ठुला योजना भन्दा कृषी र सडकलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो । स्थानिय सरकारले सम्बोधन गर्न नसक्ने योजना मा जोड दिन आग्रह गर्दै सम्पुर्णले आफ्नो संस्कार संस्कृति जोगाउन महत्वपूर्ण भुमिका खेल्नुहुने छ भन्ने बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी एवम मेलम्ची नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जराले यो कार्यक्रममा तिनै तहका सरकारलाई सहभागी गराउनु एक दमै सुखद कुरा भएको बताउनुभयो । उहाँले प्रदेश तथा संघमा प्रतिनिधित्व गर्नुहुने माननीय ज्यु हरुले गर्नुभएको वाचा पूरा नभएको भन्दै फेरि पनि यो कार्यक्रम बाट फर्कँदा उहाँहरुले गर्नुभएको वाचा फेरि कोशेली हैबुङ वासिले पठाउँने बताउनुभयो । उहाँले हैबुङ बासिको विकास निर्माणमा अझ सशक्त भएर लाग्न आग्रह गर्दै हाम्रो संस्कार संकृती जोगाउन सबै आफ्नो आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ३ का निबर्तमान वडा अध्यक्ष वसन्त गुरुङ विभिन्न पार्टी प्रतिनिधि लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । राष्ट्रिय तथा स्थानिय कलाकार हरुको साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा स्थानीय नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।