सम्पर्क

सुकुटेमा राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु

 

 

सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थल सुकुटेमा मङ्कलबार देखी राष्टिय भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ६ प्रदेश , ३ बिभागिय सहित ३६ टिम सहभागी रहेको आयोजकले जनाएको छ । माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गर्नु भएको थियो भने समापन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रयि सदस्य चौतारा साँगाचोकगढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले गर्नु हुने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको उद्धघाटन गर्देै पुर्ब म पुष्पकमल दाहालले सुकुटेसंगै , जुगल हिमाल लगायत सिन्धुपाल्चोकको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भलिबल लगायत क्रीकेट , फुटबल नेपालमा लोकप्रिय रहेको बताउदै उहाँले आफ्नो तर्फबाट खेल क्षेत्रमा सहयोग रहने बताउनुभयो । सिन्धुपाल्चोकको प्रत्येक विपद्मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको जानकारी दिनु हुँदै उँहाले अरनिको र कोदारी राजमार्ग को जीर्ण अवस्था देखेर सुकुटे आएलगत्तै भौतिक तथा योजना मन्त्रालयमा कुरा गरेको र मन्त्रालयले चाँडै सडक स्तरोन्नति गर्ने प्रतिबद्वता गरेकोे जानकारी दिनु भयो । कार्यक्रममा सांसद माधवसापकोटा, प्रदेश सांसद सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसादतिमल्सिना , सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिहं थापा लगायतले यसप्रतियोगिताले सुकुटे लगायत सिन्धुपाल्चोकको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने बिश्वासव्यक्त गर्नुभयो ।