सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नं २ स्थित निर्माणाधीन लिपिंग खोलाको पुल का कारण करिब तिन हप्ता सवारी आबत जाबत गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यलयद्धारा जारी सुचना अनुसार सडक डिभिजन अन्तर्गत अरनिको राजमार्गको चेनेज ११४ं०००, लिपिंग खोलामा निर्माणाधीन पुलको बायाँपट्टिको जग र पुुुल जडान कार्य गर्नुपर्ने भएको र सो कार्य गर्दा उक्त खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द गर्नुपर्ने भएकोले मिति २०८१माघ ०६ देखि मिति २०८१माघ२५ गतेसम्म दुईतर्फी रुपमा सवारी आवागमन बन्द हुने भएको हो । प्रमुख जिल्ला अधिकारी किरण थापाले सवारी साधन आबत जावत गर्दा काममा अबरोध हुने भएकाले उक्त अबधीभर आवत जावत बन्द गर्नु परेको बताउँनु भयो ।
उहाँले छिटो र स्तरिय रुपमा पुल निर्माण गर्नु परेका कारण काममा समस्या नहोस भन्नका लागी सवारी साधन आवत जावतमा रोक लगाएको बताउँनु भयो ।
( फोटो इन्जीयर सुरज महर्जन बाट प्राप्त )
