नवोदयको पहिलो बार्षिक साधारण सभा सम्पन्न
नवोदय भोटसिपा बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १ गते शनिबारका दिनमा संस्थाको पहिलो साधारण सभा इन्द्रावति ९ सिपातिनधारा मा सम्पन्न भएको हो ।
दुई सत्रमा सम्पन्न साधारण सभाको पहिलो उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिवन कुमार थापामगर ले सहकारी भनेको समुहि भाबनाले एक भएक व्यक्तिहरुको समुह भएको र यसले थोरै थोरै गरी ठुलो काम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले मानिसले बचत गर्ने बानिको बिकासका लागी सहकारी एक साधनको रुपमा रहने भन्दै बचत गर्ने बानिको बिकास गर्नु पर्ने बताउनुभयो । साथै कार्यक्रमका अतिथि इन्द्रावती १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले सहकारी ग्रामिण स्थरका जनताका लागी कृषि औजार तथा बिउ बिजन जस्ता समाग्रीमा सहयोग गर्ने तथा कृषलाई सधैभरी साथ सहयोग गर्ने एक महत्वपुर्ण साधनका रुपमा रहने गरेको भन्दै सहकारीको वृद...
