सम्पर्क

नवोदयको पहिलो बार्षिक साधारण सभा सम्पन्न

नवोदय भोटसिपा बहुउदेश्यिय सहकारी संस्था लिमिटेडको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १ गते शनिबारका दिनमा संस्थाको पहिलो साधारण सभा इन्द्रावति ९ सिपातिनधारा मा सम्पन्न भएको हो ।
दुई सत्रमा सम्पन्न साधारण सभाको पहिलो उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिवन कुमार थापामगर ले सहकारी भनेको समुहि भाबनाले एक भएक व्यक्तिहरुको समुह भएको र यसले थोरै थोरै गरी ठुलो काम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले मानिसले बचत गर्ने बानिको बिकासका लागी सहकारी एक साधनको रुपमा रहने भन्दै बचत गर्ने बानिको बिकास गर्नु पर्ने बताउनुभयो । साथै कार्यक्रमका अतिथि इन्द्रावती १० का वडा अध्यक्ष रामचन्द्र घिमिरेले सहकारी ग्रामिण स्थरका जनताका लागी कृषि औजार तथा बिउ बिजन जस्ता समाग्रीमा सहयोग गर्ने तथा कृषलाई सधैभरी साथ सहयोग गर्ने एक महत्वपुर्ण साधनका रुपमा रहने गरेको भन्दै सहकारीको वृद्धि विकासका लागी सहकारीका सदस्यहरुको तत्परता तथा जागरुकक्ताले मात्र सम्भब हुने बताउनुभयो । त्यसैगरी कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका अतिथि इन्द्रावती ९ का वडा सदस्य जित बहादुर तामाङले सहकारीले समुदायको आवश्यक्ताअनुसार काम गर्दै गएको मा धन्यबाद प्रदान गर्नु भएको थियो ।
कायक्रमको दोस्रो सत्र बन्द सत्र ले भने अध्यक्ष बाट प्रस्तुत भएको २०७८÷०७९ को प्रगति प्रतिबेदन, कोषाध्यक्षले प्रस्तुत गरेको २०७८÷०७९ को आर्थिक प्रतिबेदन, लेखा समिति संयोजक बाट प्रस्तुत गरेको २०७८÷०७९ को प्रतिबेदन तथा कर्मचारी प्रमुख बाट प्रस्तुत गरीएको चालु आर्थिक बर्ष २०७९÷०८० का लागी प्रस्ताबित कार्यक्रम लाई सर्वसमत पास गरेको छ । साधारण सभाले सहकारीको लेखा समिति निमार्ण तथा चालु आर्थिक बर्ष २०७९÷८० का लागी लेखापरीक्षक समेत नियुक्ति गर्दै साधारण सभा सम्पन्न भएको सहकारीका सचिब राजकुमार लम्साल ले बताउनु भयो ।
सहकारीको पहिलो र दोस्रो दुई वटानै सत्रहरु सहकारीका अध्यक्ष धिरेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।