सम्पर्क

भोटेकोशी गापाका अध्यक्ष शेर्पा र परारायट मन्त्री बिच भेट

नेपाली काँग्रेसका केन्द्रयीय सस्य पुर्ब मन्त्री मोहनबहादुरबस्नेतको नेतृत्वमा गएको ब्यवसायीहरुको प्रतिनिधी मण्डलले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेट गरी तातोपानी नाका तत्काल खोल्न पहल गर्ने बिषयमा भएको छलफल पछी केही सवारी साधन हरु सामान बोकेर नेपाल आए पनी थप सहजीकरणका लागी सिन्धुपाल्चोक स्थित भोटेकोशी गाउँ पालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले परराष्ट्र मन्त्री डा नारायण खड्का संग भेटवार्ता गर्नुभएको छ।
भेटबार्तामा मन्त्री खड्काले स्थानिय तहको कार्याधिकार भित्र रहेर सहजीकरणको काम अघि बढाउन लाई भोटेकोसी गाँउपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पासँग आग्रह गर्नु भएको छ भने आबश्यक परेमा परराष्ट मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । रसुवागढी र तातोपानी नाका सञ्चालनमा आएको हो तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत साउन २२ देखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । नाका ठप्प हुँदा दसैं र तिहारका लागि आयात गरिएका करोडौं मूल्यका सामान केरुङमै रोकिएका थिए । बिहीबार बिहान ‘चाइना–नेपाल बोर्डर न्यु मोडालिटी’ र अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पालना भए–नभएको सम्बन्धमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेको थियो । त्यसपछि ७ वटा कन्टेनर नेपाल भित्रिएको छ । यस्तै तातोपानी नाका पनि खुलेको छ । तातोपानी नाका गत साउन २१ गते देखि बन्द रहेको थियो । भेट पछी अध्यक्ष शेर्पााले परराष्ट्रमन्त्रीसँग सल्लाह र सहकार्य गरेर अघि बडिरहने र स्थानीय सरकारबाट हुने सयोग र जनताको सँधै साथमा रहेर काम गरिरहने बताउनु भयो । भोटेकोशी गाँउपालीकका अधयक्ष शेर्पाले नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावलीमा आबश्यक पर्ने सामाग्रीहरु समयमा नेपाल नआउँदा नेपालीहरु लाइ मार परीरहेकाले यसको पहल गर्न आफु मन्त्री सँग भेट गर्न आएको र भेट पनी उपलब्धी मुलक भएको बताउँनु भयो ।