सम्पर्क

चिप्लिएर खोलामा डुबी एक शिक्षक वेपत्ता

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं.१ नाकुटे स्थित ठाडो खोलामा नुहाएर फर्कने क्रममा चिप्लिएर सर्कथली आधाभूत विद्यालयका एक शिक्षक बेपत्ता भएको छ । बेपत्ता हुनेमा दोलखा कालिञ्चोक घर भएका बर्ष ३८ का केशव शिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी जानकारी दिनुभयो । प्रहरीका अनुसार उहाँ सहित ४ जना नुहाउन सोहि खोलामा गएको र नुहाएर फर्किने क्रममा चिप्लिएर खोलामा डुबि शिवाकोटी बेपत्ता भएको हो । बेपत्ता सिवाकोटीको खोजिकार्य भईरहेको र घटनाबारे थप जानकारी आउने प्रहरीले जनाएको छ ।