सम्पर्क

बन्देउ सडक खण्डमा कार दुर्घटना हुँदा १ को मृत्यु ,३ जना घाइते

चौतारा साँगाचोकगढी नगरपालिका ११ पोखरे स्थित चौतारा बन्देउ सडक खण्डमा शनिबार कार दुर्घटना हुदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाका भिमेश्वर नगरपालिकाको २२ वर्षको राजेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकी जानकारी दिनुभयो । काठमाण्डौबाट चौतारा तर्फ आउँदै गरेको बा ४ च ५६७७ नं.को सुजुकि कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल झरी दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित चार जना घाईते भएको थियो । दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था गम्भिर रहेको एकको उपचारको क्रममा काठमाडौ KMC अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका चालकसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।