‘बालमैत्री समाजको आधार जिम्मेवारी परिवार उत्तरदायी सरकार’ मुल नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाहरुसँग अन्तरक्रिया गरी सम्पन्न भएको छ । ग्रामिण स्वस्थ्य सेवा गुठी रेष्ट पैरवी समुहको आयोजनामा चौतारा सागाँचोकगढी नगरपालिकामा ५ वनदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा सदस्य राम बहादुर घलेले मैनबत्ति बालेर कार्यक्रमको उद्धघाटन गर्नु साथै वडामा बालबालिकालाई जाने बजेटहरुको सहि सदुगपयोग भए नभएको अनुगमन हुनुपर्ने, शिक्षकहरुले विद्यार्थीलाई समान व्यवहार गर्नुपर्र्र्नेे बताउनुभयो । त्यसैगरी वनदेवी माध्यमिक विद्यालय प्रधानाध्यापक दिपक राईले ग्रामिण स्वस्थ्य सेवा गुठी रेष्ट संस्थाले आर्थिक अवस्थाका कारण पढ्न बञ्चित भएका विद्यार्थिलाई अवसर प्रदान गरी महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गनुभयो । त्यसैगरी कार्यक्रमको प्रशिक्षक ललित राणले गर्नुभयो । बालमैत्री नगर कसरी बनाउन सकिन्छ ? बालबालिकाहरुको शारिरीक तथा शैक्षिक विकासको लागि आवश्यक कुराहरु के के हो ? बालबालिकाले पाउने अधिकारहरु के के हुन् ? सो बारेमा बालबालिकाहरुको धारणा लिईएको थियो । त्यसैगरी कार्यक्रमको सभापति ज्ञानमन्दिर नमुना विद्यालयको शिक्षक यज्ञ प्रसाद दंगालले कार्यक्रमको समापन गर्दै बालबालिकाहरुमा हुने लैगिंक असमानता हटाउनुपर्ने, विद्यालयले बालबालिकालाई बाल मैत्री तथा लैंगिंक संवेदनशील सेवाहरु दिनुपर्र्नेे बताउनुभयो । ग्रामिण स्वस्थ्य सेवा गुठी रेष्ट पैरवी समुहले गरेका कामहरुको बारेमा बताउदै बालबालिकाले पाउनुपर्ने हक अधिकारको बारे स्पष्ट पार्नुभयो । उक्त कार्यक्रम वनदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष अर्जुन वि.क को आतिथ्यतता रहेको कार्यक्रमको संचालन कोपिला श्रेष्ठले गर्नुभएको थियो ।
