चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो ।
उँहाले बाल बचाऊ,बाल संरक्षण,बाल विकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिमा चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ले बाल मैत्री वडाका घोषणाका लागी बालबालिकाका सवाललाई सम्बोधन गर्ने नीति, रणनीति र कार्य योजनाको तर्जुमा,सार्वजनिक सांगठनिक संरचनामा बाल मैत्री इकाईको संस्थागत व्यवस्था,बालमैत्री आवधिक र बार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वायन,बालबालिकाको हित प्रवद्र्धन गर्ने कार्यक्रममा उपयुक्त लगानी गर्ने व्यवस्था ,बालबालिका प्रति “नागरिक” सरहको व्यवहार,बालबालिकाको निर्णय र योजना प्रक्रियामा अर्थपूर्ण सहभागिता ,बालबालिकाको वस्तुगत विश्लेषणको तयारी,बालबालिकाको स्थिति पत्र तयारी र सार्वजनिकरण,विभिन्न तहमा बाल मैत्री विकासको संजाल र संयन्त्र निर्माण,बाल क्लबको संस्थागत विकास र बाल मैत्री समुदाय निर्माण,बाल सरोकारका विषयलाई समग्र विकास प्रक्रियामा आन्तरिकीकरण र एकीकरण,बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले निर्दिष्ट गरे अनुरुप चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ सवै विकास गतिविधिमा बालबालिकालाई फाइदा पुर्याउने वारेमा सवैको सोचहरु केन्द्रित भएको,बालबालिकाको वौद्धिक, मानसिक, शारिरिक र संवेगात्मक विकासलाई सहयोग पुर्याउने प्रकारका क्रियाकलापहरु सघनरुपमा संचालन भएको,
बालबालिकाको भावनालाई कदर गरि उनिहरुको उन्नति र प्रगतिका लागि विषेश कार्यक्रम संचालन भएको,बालबालिकाको अवस्था झल्कने तथ्याङ्क उपलब्ध भएको ,बालअधिकारको उपभोग सुनिश्चित भएको वडा ,बालबालिकाहरुलाई विभिन्न बालविकासमा सहयोगीहुने क्रियाकलापमा संलग्न गराउने वातावरण तयार पारिएको वडा ,बालविकासकोलागि आवधिक बालविकास योजना निर्माण गरि कार्यान्वयन गरिएको वडा भएको सूचकहरुले मापन गरिसकेको हुँदा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ पूर्ण बालमैत्री वडा भएको घोषणा गर्दछु भन्दै बाल मैत्री वडा घोषणा गर्नु भएको हो । बाल मैत्री घोषणा कार्यक्रमका बिशेष अतिथी उप प्रमुख सिता थापाले बालमैत्री घोषणा भएकोमा वडालाइ धनयबाद दिदै जिल्लामा नै पहीलो वडा हुन सफल भएकाले नगरको गरिमा बढेको बताउँनु भयो । कार्यक्रमको सभापतीत्व गरिरहनु भएका१३ नं वडाअध्यक्ष रामप्रसाद गौतमले विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको बताउँनु भयो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ को उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८र८९ मा पनि नगरका कम्तिमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हो । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।वडा बालसंरक्षण समितिका अनुसार वडामा बालविवाहमा न्यूनीकरण तथा आर्थिक वर्ष २०७८र०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैन। बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिमा चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ सिन्धुपाल्चोक जिल्लामा नै पहिलो घोषित भएको शिक्षा सम्मन्वय इकाइ सिन्धुपाल्चोकको प्रमुख कृष्ण प्रसाद सुबेदीले बताउँनु भयो ।
बालसंरक्षण समितीका अध्यक्ष हरि बिक्रम नेपालले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम सेती देबी माध्यमिक बिद्यालयमा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक शिब बुढाथोकी बिद्यालयका सस्थापक टेक बहादुर पाण्डे लगाएत बिभिन्न वडाका वडाअध्यक्षहरु लगाएत सरकारी तथा गैर सरकारी कार्यलयका प्रतिनिधी स्थानीय राजनिती दलका प्रतिनिधीहरको उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न सहयोगी हरुलाइ सम्मान गरिएको थियो भने बालबालीकाहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए ।
