सम्पर्क

६१ सदस्यिय कमिटी निर्बाचित गदै मुक्ति समाजको पाचौँ जिल्ला सम्मेलन सम्पन्न

नेपाल उत्पीडित जातिय मुक्तिसमाज सिन्धुपाल्चोकको पाचौँ जिल्ला सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा पूर्व कानूनमन्त्रि शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा २ दिन सम्म चलेको सम्मेलनले टीकाबहादुर विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यिय कार्यसमिति निर्बाचित गदै सम्पन्न भएको हो । कार्यक्रमा प्रमुख अतिथि तामाङले ‘मान्छे–मान्छे विचको विभेद रहेसम्म समाज परिवर्तन असम्भबभएकाले यस्तो विभेद अन्त्य गर्न हामी सबै लाग्नु पर्ने बताउनु भयो ।’ काइृक्रको विशेष अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्रि दावा तामाङले अब को सानो ठूलो नरहेको भन्दै यहि समुदायको मान्छेहरु सिडियो, डियस्पि, मन्त्रि लगायत राज्यका महत्वपूर्ण निकायमा पुगेको बताउनु भयो । अर्का अतिथि मुक्तिसमाज का कुन्द्रिय सचिब तथा नेकपा एमाले बागमति प्रदेश कमिटीका सदस्य टेक घतानीले दलितको समस्या कुनै जातीको मात्र नभएर राज्यकै समस्या भएको बताउनु भयो । कार्यक्रममा केन्दिैय अनुसासन आयोगका सदस्य डम्बर अर्याल, प्रदेश कमिटीका नेताहरु,जिल्ला कमिटीका नेताहरु , मुत्ति, समाजका नेता र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
संगठको अध्यथ रामबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिब अर्जुन नेपालीले संन्चालन गर्नुभएको थियो ।