सम्पर्क

फरार प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय मेलम्चीले फरार प्रतिवादी पक्राउ गरेको छ । २०७६ असार १५ गतेको फैसलाले बहुबिबाह मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना त्यस्तै चोरी मुद्धामा १ महिना कैद र ८ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ जरिवाना सजाँय फैसला भएका मेलम्ची ७ दुवाचौरको ३७ वर्षिय लाल बहादुर भनिने जय बहादुर वाईवालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका वाईवालाई जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकिले जानकारी दिनुभयो । जिल्ला अदालत चौतारामा दाखिला गरेकोमा अदालतको आदेसमा निजलाई लागेको कैद जरिवाना सजाँय असुलका लागि सोमबार जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।