सिन्धुपाल्चोक जिल्लाको अग्रणी सामाजिक संस्था टुकी संघ सुनकोशी ३१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो मुख्य कार्यालय सुनकोशी गाउँपालिका वडा नंम्वर— ६ मा रहेको भवनमा मंगलवार ३० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आफ्नो स्थापना कालदेखि निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । आफ्नो ३० औँ वार्षिक साधारणसभामा संस्थाले कार्य गर्दै आएको कार्य क्षेत्रका स्थानीय सरकार, परियोजना सँग सम्वन्धित निकाय तथा टुकी सदस्यहरुको माझ सम्पन्न गरेको हो । पछिल्लो समय संचालमा रहेको चार वटा परियोजनाहरुवारे जानकारि दिदै संस्था मार्फत भएका सामाजिक गतिविधी, परियोजनाहरु तथा संस्थागत अवस्था तथा योजनाहरुको समेत सामाजिक परीक्षण मार्फत छलफल भएको थियो । स्थानीय सरकारको सहयोगीको रुपमा निरन्तर कार्य गर्दै आएको र यसमा निरन्तर्ता रहने संस्थाका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले बताउनुभयो । साथै स्थानीय सरकारका सामाजिक विकासमा काममा सहयोग गर्न स्थानीय सरकारका प्रमुखहरुले संस्थालाई आग्रह गरेका थिए । कायर्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ, उपप्रमुख पदमनाथ नेपाल, त्रिपुरासुन्दरी, बलेफी, लिसंङ्खुपाखर र सुनकोशी गाउँपालिका अध्यक्ष क्रमश धक्तध्वज बोहोरा, गंगाबहादुर तामाङ, राजु लामा र टपिन्द्र तिमल्सिनाको बिशेष उपस्थिति रहेको थियो ।
